बिएल संवाददाता
                                गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले सबै गोर्खालीहरू एकजुटका लागि अपील गरेको छ। नेपाल–बेलायत सरकार र गोर्खा प्रतिनिधिबीच हुन भइरहेकाे वार्ता अघि बढाउन कार्यगत एकता गर्न गेसोले अनुराेध गरेकाे छ।
गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै समानता र न्याय प्राप्तिको लागि तीन दशकदेखि लडेको लडाइँ अन्तिम टुंगोमा पुर्याउन सम्पूर्ण गोर्खा संगठनहरूलाई एकजुट हुन आग्रह गरेको गरे। साथै बिगतमा भएका कमी–कमजोरीको आत्मसमीक्षा गर्दै वार्ता निर्णायक बनाउन समेत उनकाे अपिल छ।
‘हामीले विगतको तिक्तता बिर्सेर सहकार्य, समझदारी र कार्यगत एकतालाई केन्द्रमा लाग्नुपर्ने बेला आएको छ’, विज्ञप्तिमा गेसो सभापति राईले भनेका छन्। हिजोको गल्तीबाट पाठ सिकेर अब पनि गम्भीर भएर नलागे इतिहास र पितृले माफ गर्ने छैनन्। बिगतमा भएका गल्ती कमजोरी सच्याइ एकतावद्द भएर वार्ता निर्णायक मोडमा पुगे त्यसैमा सबैको हित छ।’
गत हप्ता नेपाल सरकार पराष्ट्र मन्त्रालय (यूरोप, अमेरिका महाशाखा)द्वारा भूतपुर्व ब्रिटिस सैनिकहरूसँग सम्बन्धित विषयहरुमा बेलायत सरकारसँग हुन गइरहेको वार्ताको लागि सबै गोर्खा संघ संस्थालाइ प्रतिनिधिहरुको नाम उपलब्ध पठाउन अनुरोध पत्र पठाएको थियो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया