के हाे क्रिप्टोकरेन्सी ? जसकाे काराेबार नेपालमा गर्न पाइदैन

Photo: Agency
Photo: Agency

धेरै मानिसलाई क्रिप्टोकरेन्सी भनेको के हो ? भन्ने कुरा थाहा नहुन सक्छ। हालसालै मात्र कैलालीका एक युवकको घटनापछि यो कुरामा धेरैको चासो बढेको छ।

सन् २००९ मा ओपनसोर्स सफ्टवेयरको रूपमा पहिलो पटक रिलिज गरिएको बिटकॉइन पहिलो विकेन्द्रीकृत क्रिप्टोकरन्सी हो। क्रिप्टोकरेन्सीमा न त कुनै धातुको सिक्का हुन्छ न त कागजको पैसा। विश्वमा अहिले ४ हजारभन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सी प्रचलनमा भएको अनुमान छ।

सरल भाषामा भन्दा क्रिप्टोकरेन्सी भनेको अभौतिक मुद्रा हो। तर, यसमा लगानी गर्न नेपाल सरकारले अनुमति दिएको छैन। सरकारले क्रिप्टाेकरेन्सीलाई एक किसिमको अनलाइन जुवाका रूपमा बुझेको छ। नेपाल राष्ट बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नलाई कारबाही गर्ने जानकारी दिएको छ। नेपाल मात्र हैन, विश्वका ४० भन्दा धेरै देशमा क्रिप्टोकरेन्सीलाई मान्यता दिइएको छैन । तर, अमेरिका, क्यानडा जस्ता विकसित देशमा देशमा भन्ने यसको प्रयोग अचाक्ली बढेको छ।

नेपालमा कति छन् त क्रिप्टोकरेन्सी लगानीकर्ताहरु ? 

सन् २०१७ अक्टोबर २९ मा नेपाल प्रहरीले काठमाडौँ र पोखराबाट दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। उनीहरूले क्रिप्टोकरेन्सी कारोबार गर्न बिटसेवा प्रा.लि नामक कम्पनी खाेलेका थिए। साेही कम्पनीमार्फत् काराेबार गरिरहेका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे थियो।

त्यसैगरी सन् २०१७ अक्टोवर ६ मा नेपाल प्रहरीले काठमाडौँ र चितवनबाट ७ जना मानिसलाई पक्राउ गरेको थियो। जुन नेपालकाे पहिलाे क्रिप्टोकरेन्सी घटना हाे।

त्यस्तै यही पुस २१ गते क्रिप्टोकरेन्सीका काराेबार गर्दै गर्दा प्रहरीले कैलालीका दिनेश खड्कालाई पक्राउ गरेकाे छ। त्यसपछि याे विषयमा धेरैकाे चासाे बढेकाे हाे। क्रिप्टोबाट उनले कराेडाैँ पैसा कमाउन सफल भएका थिए। तर, उनकाे त्याे अबैध काराेबार लामाे समय टिक्न पाएन।

किन गर्छन् मानिसले क्रिप्टोमा लगानी ?

पैसा कमाउने रहर कसलाई हुँदैन हाेला र, झन क्रिप्टोकरेन्सीमा न त कुनै कुराको झनझट न दौडधुप । मोबाईलबाटै सबै कुरा हुने भएकाले यहाँ लगानी गर्न धेरै मानिस उत्साहित छन्। मुख्य कारण हामीमध्ये धेरैलाई थाहा होला युट्युबमा थुप्रैले यसको लगानीको लागि विज्ञापन गर्छन्। एउटाले लगानी गरेको देखेर उसले कमाएको पैसा देखेर अरुलाई पनि लगानी गर्न उत्साह हुन्छ। झन यसको धेरै कारोबार काेराेना महामारीकाे समयमा भएकाे छ। जुनबेला मान्छेलाई पैसाकाे अभाव थियाे। त्यही बेला धेरै मानिस धनी बन्ने हाेडमा यसमा लागेका थिए।

कैलालीका खड्काअनुसार नेपालमा १० हजार क्रिप्टो लगानीकर्ता रहेका छन्। ती लगानीकर्ताहरुले अब त्याे अवधै धन के गर्लान् त ? बेच्न हो भन्ने उनीहरु पक्राउ पर्नेछन्। साइबर ब्युरोले उनीहरू फेला पार्न कोशिस गर्नेछ। 

नेपालमा केबाट हुन्छ क्रिप्टोको कारोबार ?

नेपालमा अहिले धेरै प्रविधि छन्, जसबाट यसकाे काराेबार गर्न सकिन्छ। एक्स बेट, बिटक्वाइन, इथर्नम, लाइटक्वाइन जस्ता एप्पबाट नेपालमा क्रिप्टोलगानी गर्न गरेको पाएको छ।

प्रकाशित मिति: : 2022-01-31 06:07:00

प्रतिकृया दिनुहोस्