युक्रेन छाड्न भोकभोकै हिँड्दा पनि भेटिएन सुरक्षित ठाउँ

लडाइँ चर्किएको छ, सुरक्षित ठाउँमा भागिरहेका छाैँ


अध्ययनकाे लागि युक्रेन पुगेका करिब एक दर्जन नेपाली विद्यार्थी पश्चिम युक्रेनकाे युद्धभूमिमा हराएका छन्। गत डिसेम्बरमा युक्रेनकाे मारियाे पुल पुगेका विद्यार्थी त्यहाँ युद्ध मच्चिएपछि नेपाल फर्किने क्रममा हराएका हुन्।

पटक–पटक दर्जनाैँ रेल फेर्दा पनि युक्रेन–पाेल्याण्ड सीमाक्षेत्र भेट्न मुस्किल परेकाे उनीहरूले बिएल नेपाली सेवासँग बताएका छन्। झण्डै साढे आठ लाख खर्च गरेर त्यहाँ पुगेका उनीहरू आतंक मच्चिएपछि नेपाल फर्किन प्रयत्न गरिरहेका छन्।

‘यहाँका सबै शहरमा रूसी सैनिकहरूकाे आतङ्क मच्चिरहेकाे छ। हामीहरू नेपाल फर्किनकाे लागि हिँडेका छाैँ,’ विद्यार्थी वसन्त बुढाथाेकीले भने,‘अवस्था निक्कै तनावपूर्ण छ, हामीले राम्राेसँग पानी खान पनि पाएकाे छैनाैँ, चाउचाउकाे भारमा हिँडिरहेका छाैँ।’ उनीहरू ४० घण्टादेखि निरन्तर रेलको यात्रामा छन्।

उनीहरू मध्ये वसन्त बुढाथाेकी र विनाेद गैरे युक्रेन पुगेकाे धेरै दिन भएकाे छैन। उनीहरू छोटो समयमै ठूलो युद्धको घेरा पार गर्दै अर्को देशतर्फ भाग्न लागिपरेका छन्। वसन्त–विनोदसहित सात जनाले सँगसँगै युद्धभूमि पूर्वी युक्रेन हुँदै पोल्याण्डसम्मको यात्रामा छन्।

साडे पाँच हप्ताअघि अपरिचित युक्रेन भूमि पुगेका उनीहरू ठूलो तनावमा छन्। न ठाउँ चिन्छन्। न त भाषा नै बुझ्छन्। त्यसक्षेत्रका धेरै मानिसहरू रूसी भाषा बाेल्ने र अंग्रेजी नबुझ्ने भएकाेले समस्या भएकाे उनीहरूले बताए।

ठूला–ठूला सपना बोकेर युक्रेन पसेका नेपाली विद्यार्थीहरूलाई समयले मात्रै ठगेन, उनीहरूलाई ‘सपनाको भूमि’ पठाएउने एजेन्टले पनि ठग्यो। यो वा त्यो नाममा हरेक दिन झुलायो। कलेजमा एजेण्टले टीआरसी नर्तिदिँदा पटक–पटक दुःख भोगेको विद्यार्थी वसन्त बताउँछन्।

उनीहरू मारियो पुल गएको हप्तादिनमै रूस–युक्रेनबीच झमेला सुरू भएकाे थियाे। ‘हामीहरू यहाँकाे अवस्था देखेर केही दिनदेखि नै आत्तिएका थियाैँ तर नेपाल जान्छाैँ भन्दा कलेजले उल्टाे तनाव दियाे। बाेलाएरर पासपाेर्ट राखिदियाे थियाे,’ विनाेद गैरेले भने,‘यहाँ युद्धकाे हल्ला चलेपछि  बल्ल पासपाेर्ट फिर्ता पायाैँ।’

उनीहरू मध्ये केही विद्यार्थी भने यसअघि नै नेपाल फर्किएका छन्। तर, कलेजले समयमा प्रक्रिया नपुर्‍याउँदा राेकिएका कतिपय विद्यार्थी भने पूर्वी युक्रेन काटेर पश्चिमतिर यात्रारत छन्।

उनीहरू सुरूमा मारियो पुल पुगेको बताउँछन्। जुन रूससँग जाेडिएकाे ठाउँ हाे। रूस–युक्रेन तनाव बढ्दै जाँदा उनीहरू सुरक्षित स्थान खोज्दै पश्चिमतर्फ भागिरहेका छन्। पश्चिम युक्रेन हुँदै पोल्याण्ड र्छिन् हिँडिरहेकाे उनीहरूले बताएका छन्।

युक्रेनको मारियो पुल सम्भवतः रूसीले कब्जा गरिसकेको छ। सैनिक मुठभेड उस्तै छ। त्यहाँ थ्रपै नेपालीहरू बस्छन्। प्रायजसो पश्चिम युक्रेन तथा राजधानी किभ छिरिसकेका छन्। तर, कतिपय नेपालीहरू बंकरमुनि लुकेर बसेका छन्।

सबैभन्दा ठूलो त्राशभित्र उनीहरू नै छन्। सरकारले उनीहरूको उद्धारका लागि कुनै पहल नगरेको युक्रेनमा रहेका नेपालीहरू बताउँछन्। द्वन्द्वग्रस्तक्षेत्रबाट निस्केका नेपालीहरू पनि अझै सुरक्षित छैनन्। धेरै युक्रेनीहरू घरभित्रै थुनिएका छन्। कति त देशै छाडेर भागिसके।

जर्मनको बर्लीनस्थित नेपाली दूतावासले युक्रेन छाडेर स्लोभाकिया, पोल्याण्ड र हंगेरी छिर्न आग्रह गरेको छ। दूतावासका कर्मचारीहरूले पनि यात्राकै क्रममा पटक–पटक सम्पर्क गरिरहेको छन्। युद्धग्रस्त युक्रेन छाडेर भाग्न नेपालीहरूको पनि रेलस्टेशनमा भीडभाड छ।

प्रकाशित मिति: : 2022-02-27 06:54:00

प्रतिकृया दिनुहोस्