शेन वार्नले हजारभन्दा बढी महिलासँग यौनसम्बन्ध राखेकै थिए त?

File: Ian Hodgson/Reuters
File: Ian Hodgson/Reuters

अष्ट्रेलियाली क्रिकेटका पूर्वखेलाडी शेन वार्नको शुक्रबार (४ मार्च २०२२) हृदयाघातका कारण निधन भएको छ।

१३ सेप्टेम्बर १९६९ को दिन जन्मेका र सक्रिय खेल जीवनबाट सन्यास लिइसकेका लेग स्पिनर वार्नको निधन थाइल्याण्डको कोह सामुईमा भएको उनको व्यवस्थापन कम्पनीले पुष्टी गरेको छ। वार्नको निधनले क्रिकेटको एक अध्याय समाप्त भएको खेल विश्लेषकहरूले बताएका छन्।

महान लेग स्पिनर वार्नको खेलको विषयमा जति चर्चा भयो त्यो भन्दा बढी विवाद पनि। उनको सेलिब्रेटी महिलाहरुसँगको अन्तरंग सम्बन्धको बारेमा पनि निकै चर्चा भयो। प्रसिद्ध ब्रिटिश-अष्ट्रेलियन पत्रकार पल बेरीले आफ्नो पुस्तक ‘स्पून आउट’मा वार्नको रङ्गिन जीवनको बारेमा विस्तृत रुपले लेखेका छन्। बेरीका अनुसार वार्नले आफ्नो जीवनमा एक हजारभन्दा बढी महिलासँग शारीरिक सम्पर्क राखेका थिए।

Photo by Ryan Pierse/Getty Images


पत्रकार बेरीका अनुसार ड्रग्स, महिलाहरुसँगको सम्बन्ध र अश्लिल पार्टीका शौखिन वार्न पाँचपटक मात्र पक्राउ परेका थिए। वार्नको एक निकट मित्र (नाम उल्लेख नगरिएको) को हवाला दिँदै पत्रकार बेरीले आफ्नो पुस्तकमा वार्नको बारेमा लेखे पनि वार्नले यो कुरालाई स्वीकार गरेका थिएनन्। उक्त पुस्तकको बारेमा ‘टेलिग्राफ’नामक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा वार्नले भनेका थिए, ‘मेरा निकट मित्र बेरीले पुस्तकमा अनेक गल्ती कुरा लेखेका छन्, जसमा एक हजार महिलाको कुरा पनि हो।’

ब्रिटिस अभिनेत्री लिज हर्ले र प्ले ब्वाई मोडल एमिली स्कटको साथै नीलो सिनेमाका नायिका अर्थात् पर्न स्टारहरुसँगको निकट सम्बन्धका कारण पटक–पटक विवादमा आउने वार्नले त्यस्ता समाचारहरुको बारेमा निकै कम मात्र स्पष्टिकरण दिने गरेका थिए।

आफ्नो खेल जीवनमा सात सय आठ विकेट लिएका वार्नको निधनले सम्पूर्ण खेलप्रेमीहरुलाई दु:ख लागेको छ र उनको जीवनमा भएको विवाद उनको निधनले के हो वा होइन भन्ने रहस्यबाट अब कहिले पनि पर्दा उठ्ने छैन। महान खेलाडी वार्नप्रति हार्दिक श्रदाञ्जली।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-03-05 09:44:00

प्रतिकृया दिनुहोस्