
श्याम राना मगर
कोभिड– १९ को बढ्दो संक्रमण दर र देशव्यापी लकडाउनले सुस्ताएका पर्यटकीय गन्तव्य पुन: चलायमान बन्ने क्रममा छन्। आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले थला परेको पर्यटन क्षेत्र तंग्रिदै छ।
कोभिड– १९ ले सुस्ताएको विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग (एबिसी)मा पनि पदयात्रीको बाक्लै चहलपहल बढेको छ। अहिले दैनिक ८० जनाकाे हाराहारीमा पदयात्री एबिसी पुग्न थालेका छन्। कोभिड– १९ को तेस्रो लहरपछिको ठूलो संख्यामा पदयात्रीको चहलपहल बढेको हो।
अन्नपूर्ण क्षेत्रमा पदयात्रीको चहलपहल बढ्न थालेपछि व्यवसायीहरु उत्साहीत बनेका छन्। अब पदयात्रीको संख्या बढेपछि अब पुन: पुरानै लयमा फर्किनेमा व्यवसायीहरु आशावादी छन्।
नेपाली नयाँ वर्षको नजिकिन लागेको र मौसमको जोखिम पनि त्यति नभएकाले पदयात्रीको संख्या बढ्नेमा व्यवसयी आशावादी छन्।
‘मौसम पनि राम्रो पर्ने समय हो। नेपाली नयाँ वर्ष पनि नजिकिएकाले अब हामी पुरानै लयमा फर्किन सक्छौं भन्ने लागेको छ,’ छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले भने।
दसैं र तिहार बिचको समय र नयाँ वर्षमा मौसम खुल्ने हुनाले यो समय पदयात्राका लागि राम्रो मानिन्छ। अन्नपूर्ण पदमार्ग पुग्न पोखराबाट नयाँ पुल, छोम्रोङ हुँदै ३ दिन लाग्छ। पोखराबाट हिँडेको पाँचौं दिनमा पोखरा फर्किन सकिन्छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया