मतपत्रमा एमालेको ‘सूर्य’ पहिलो र काङ्ग्रेसको ‘रूख’ चिन्ह दोस्रो स्थानमा

File Photo
File Photo

आगामी  वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ।

नेपाली काङ्ग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहने निर्वाचन आयोगले जनाएको छ। आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गरेको हो।

त्यस्तै, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने आयोगको जनाएकाे छ। यी ६ दल राष्ट्रिय मान्यता प्राप्त दल हुन्।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगको भनाइ छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-04-04 07:50:00

प्रतिकृया दिनुहोस्