झिमरूक गाउँपालिकाको अध्यक्ष पद अब कसकाे पोल्टामा ? यी हुन् आकांक्षी

स्थानीय तह निर्वाचनकाे मिति नजिकिएसँगै प्युठानकाे झिमरुक गाउँपालिकाकाे अध्यक्ष पदमा काे-काे ले उम्मेदवारी देलान् भन्ने विषयमा व्यापक चर्चा हुन थालकाे छ।

स्थानीय तहरूमध्ये सबैभन्दा कम बेरूजु भएकाे यस गाउँपालिकामा चुनावी विषयलाई लिएर चिया पसल, चोक, होटल तथा रेष्टुरेण्टमा बहस भइरहेकाे छ। विभिन्न राजनीतिक दलहरूले पार्टी प्रवेशदेखि भेला तथा प्रशिक्षणलगायतका कार्यक्रमहरू गरिरहेका छन्।

साविकको बाँदीकोट, ओखरकोट, टुषारा, तोरबाङ, वांगेमरोठ गरी पाचँ गाविस र लिवाङ गाविसकाे ७, ८ र ९ वडा मिलेर बनेकाे यस गाउँपालिकामा विशेष गरी राष्ट्रिय जनमोर्चा (मसाल), नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी)लगायतका राजनीतिक दलहरूकाे राम्राे प्रभाव रहेकाे छ। यिनै दलहरूबाट गाउँपालिका प्रमुख पदमा आकांक्षा देखाउनेहरूकाे लर्काे लाग्न थालेकाे छ। त्यसमाथि पनि सत्ता गठबन्धनका पाँच दल मिलेर चुनाव लड्ने निर्णय भएपछि कुन दलबाट कस्ताे व्यक्तिले उम्मेदवारी देलान् भन्ने विषय राेचक रूपमा प्रस्तुत भएकाे छ।

यसअघिकाे स्थानीय तहको निर्वाचनमा झिमरुको अध्यक्ष, उपाध्यक्षसहित विभिन्न वडामा विजय हासिल गरेकाे जनमोर्चाले अब कसलाई उठाउँछ भन्ने धेरैको चासो छ। तथापि, यसपटक तिलक जिसी, पवित्रा जिसी, सिताराम पोखरेल, विमल पोखरेल, टिकाबहादुर जिसीले अध्यक्ष पदकाे लागि आकांक्षा देखाएकाे पाइन्छ। यी मध्ये तिलक जिसी र टिकाबहादुर जिसीको सम्भावना धेरै रहेकाे छ।

यस गाउँपालिकामा गत स्थानीय त निर्वाचनमा अध्यक्षमा एमालेबाट मानबहादुर केसी, माओवादीबाट पितबहादुर एमसी, काँग्रेसबाट प्रमोद पोखरेल पराजित भएका थिए। त्यसैले यसपटक पनि अध्यक्ष पदको लागि एमालेबाट मानबहादुर जिसी, मोहनबहादुर जिसी र लिला जिसीकाे बढी सम्भावना रहेकाे छ।

त्यस्तै माओवादीबाट पितबहादुर एमसी, राजेन्द्र भट्टराई मुख्य आकांक्षी हुन्। भने, नेपाली काँग्रेसबाट प्रमोद पोखरेल, बालाराम पौडेलकाे आकांक्षा रहेकाे छ।

केन्द्रमा गठबन्धन कायम रहेकाले यसपालिकामा पनि गठबनधन हुने लगभग निश्चित देखिन्छ। यद्यपि, तीन दलसँगै गठबन्धन भए अध्यक्षका लागि कसले उम्मेदवारी दिने भन्ने मुख्य विषय हाे। यहाँ अन्य दलभन्दा जनमार्चाकाे प्रभाव बढी नै देखिन्छ। त्यसैले साेही पार्टीबाट उम्मेदवारी चयन हुन सम्भावना बढी रहेकाे छ।

प्रकाशित मिति: : 2022-04-06 20:02:00

प्रतिकृया दिनुहोस्

    यो समाचार हो कि निबन्ध प्रभु🙃🙃🙃

    • 2 बर्ष अगाडि
    • जे. बी. क्षेत्री