मेराे नेतृत्वमा कोहलपुर कायापलट हुनेछ : नरेन्द्र न्याैपाने

डिल्ली शाही

काेहलपुर
Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचनमा विजय भएर पनि जनप्रतिनिधिहरूले जनताले साेचेअनुसार काम गर्न नसकेका गुनासाहरू आइरहन्छन्। तर, यसअघिकाे निर्वाचनमा काेहलपुरकाे मेयर पदमा पराजित युवा नेता नरेन्द्र न्याैपाने भने काेहलपुरकाे विकासमा खटेर स्थानीयकाे मन मुटुमा बस्न सफल भएका छन्। उनले मेयर पदमा विजय हासिल गर्न नसकेपनि छाँया मेयरका रूपमा जनताकाे माझ स्थापित छन्।

चुनावमा पराजित भएर पनि जनताको काममा लागिरहने नरेन्द्रले जनताको सेवा र कोहलपुरको विकास गर्न पदमै रहनुपर्छ भन्ने नभएको बताउँछन। केन्द्रीय तहको राजनीति गरेर कोहलपुरमा आए लगतै मेयरमा चुनाव लडेर पराजित न्यौपानेले आफू पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्ययन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफूले लिएको बताउँछन।

गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसावले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाई छ। कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताकाे घर–घरमा पुगे सेवा गर्न हाेस् उनी निरन्तर लागिपरेका थिए। न्यौपानेकाे नेतृत्वमा काेराेना महाकारीकाे समयमा बिपन्न तथा मजदुरहरुका लागि १ हजार २ सय बोरा चामल तथा दाल बितरण गरेका थिए।

उनले कोहलपुरका १५ वटै वडाका बिपन्न तथा रोजगारी गुमाएकाहरुका लागि राहात स्वरुप चामल तथा दाल बितरण गरेका थिए। त्यति मात्रै होइन न्यौपाने चिकत्सकसहितको टोली लिएर २ सय ५० जना काेराेना संक्रमितकाे घर–घरमा पुगेर औषधि तथा परार्मश सेवा दिएका थिए। न्यौपानेकै नेतृत्वमा काेराेनाबाट मृत्यु भएकाहरुको नि:शुल्क शव व्यवस्थापनको काम समेत कोहललपुरमा गरिएको थियो।

कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो। माओवादी केन्द्रका युवा नेता न्यौपानेको विशेष पहलमा कोहलपुरमा इलाका प्रशासन कार्यालयको स्थपना, विद्युत बितरण कार्यालयको स्थापना भइसकेको छ। भने, कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा स्थपनाको नितीगत निर्णय भइसकेको छ।

नरेन्द्र न्यौपानेको व्यक्तिगत खटाई र दौडधुपका कारण आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उनी एक्ला उम्मेदवार हुन्। शिक्षित, योग्य तथा कोहलपुरको विकास निर्माणमा निरन्तर क्रियाशील युवा नेतृत्व हुनाले पार्टीमा मेयर पदमा अन्यले आकांक्षा समेत नराखेको माओवादी निकट एक नेताले बताए। उत्कृष्ट भिजनसहितको युवा नेतृत्व र निरन्तरको क्रियाशीलताले यस पटकको निर्वाचनमा नरेन्द्र न्यौपाने विजयी हुनेमा आफूहरु ढुक्क रहेको माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का बताउँछन्। नरेन्द्र न्यौपानेलाई गठबन्धन दलहरुमा समेत सर्वस्विकार्य पात्रका रुपमा हेर्ने गरिएको र सोहीअनुसार कुराकानी हुने गरेको अध्यक्ष खड्काले बताए।

चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनैतिक संस्कारलाई नरेन्द्रले चुनौती दिएको कोहलपुरका अगुवा व्यवसायी बलराम काफ्ले बताउँछन। चुनावमा टिकट पाएपछि क्रियाशील हुने हारेपछि घर बस्ने, जिते मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यता समेत युवा नेता न्यौपानेले तोडिदिएको काफ्लेको भनाइ छ।

छाँया मेयरका रुपमा जनताको सबै खाले समस्यामा साथी बनेका न्यौपानेलाई एकपटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाइ छ। न्यौपाने विजयी भएमा पश्चिम नेपालको सम्भावनाको शहर कोहलपुर देशमै नमुना र अग्रणी विकास हुने उनले बताए।

कोहलुरको विकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाइ छ। ‘नेतृत्व र पहल एक ठाउँमा छ साथ र सहयोग सबैको अवश्यक हुन्छ,’ न्यौपानले भने।

नेतृत्व क्षमताका कारण पछिल्लो ५ वर्ष खेर गएको बताउने न्यौपानेले अब पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुर विकासकाे हिसाबले पछाडि धकेलिने उनी बताउँछन्।

प्रस्तुत छ युवा नेता न्याैपानेसँग गरिएकाे कुराकानीकाे सम्पादीत अंश:-

समन्नुत कोहलपुर निर्माणका लागि हाम्रो पहिलो प्राथमिकता सुशासन र पादरर्शी स्थानीय सरकार नै हुनेछ। स्थानीय सरकारले गरेका काम र योजनाहरुबारे जनतालाई जानकारी दिने र त्यसबारे स्थानीय बासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौँ।

हामी कोहलपुरमा लोक कल्याणकारी स्थानीय सरकार बनाउने योजनामा छौँ। खासगरी सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गर्नु पर्ने छैन। नि:शुल्क शिक्षा, स्वास्थ्यमा सबैको पहुँच कायम हुनेछ। आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुँच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ।

नगर अस्पतालबाटै नागरिकहरुलाई सबै खाले स्वास्थ्य सेवा नि:शुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रविधी विकास गर्ने तथा अन्यत्र जानुपर्ने अवस्था सिर्जना भए अत्याधुनिक एम्बुलेन्ससहित चिकित्सकीय सेवा नि:शुल्क बनाउने छौँ।

बिजुली र खानेपानी लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवालाई सबैको पहुँच कामय गर्दै सर्वसुलभ बनाइने छ।

सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ। भौतिक पुर्वाधार, दक्ष जनशक्ति उत्पादनमा मुख्य ध्यान केन्द्रीत गरिने छ। बिपन्न तथा अनाथ बालबालिकालाई पठनपाठन गर्न आवासीय विद्यालयको स्थापना गर्ने सोचमा छौँ।

संविधानको मर्मअनुसार दलित तथा भूमिहीन सुकुम्बासीलाई भूमिको मालिक बनाउने नीतिलाई कार्यान्वयन गर्न स्थानीय स्तरबाट ठोस कदम चालिने छ। साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थित बसाेबासकाे समस्या समाधान गर्न भूमि सुधार मन्त्तालय र भूमि आयोगको कामलाई प्रभावकारी ढंगले अगाडि बढाइने छ। १ वर्ष भित्रमा भूमि सम्बन्धि समस्या समाधान गरी जग्गा धनी प्रमाणपत्र (लाल पुर्जा) बितरण गर्ने गरी काम गर्ने छौँ।

पर्यटन, कृषि तथा पशुपालन, औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने तथा शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरी रोजगारी सिर्जना लगायतका काम गरिने छ।

कोहलपुरको विकासका लागि निजी क्षेत्र, सहरकारी र स्थानीय सरकारको समस्यमा फोहरमैला व्यवस्थापन, छाडा पशु, चौपाय व्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, आटोरिक्सा व्यवस्थापनको काम गर्ने छौँ।

मजदुरहरुका समस्या समाधानकाे लागि श्रम ऐन, समाजिक सुरक्षा ऐन कार्यान्वयनमा स्थानीय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्ने छौँ।

किसान कल सेन्टरबाट कृषि तथा पशुपालन क्षेत्रको समस्या समाधान, नि:शुल्क टोलफ्री सेवामार्फत् स्थानीय जनताको गुनासो सुन्ने र समाधान गर्ने तथा नगरपालिकाको सम्पूर्ण कामलाई पेपर लेस बनाउनेतर्फ काम गर्ने छौँ।

विद्युतीय सेवा प्रयोगमा प्राेत्साहन गर्न ईन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन प्रयोगमा प्राेत्साहन गर्ने छौँ।

विकासका कामलाई टिकाउ र दिगो बनाउन नीतिगत सुधारका काम गर्ने छौँ। केन्द्र र प्रदेश सरकारसँगको सहकार्यमा ठूला तथा नमुना विकासका योजनाहरुलाई अगाडि बढाउनेछौँ। कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा विकास गर्न थप प्रयासहरु हुने छन।

समग्रमा आगामी ५ वर्षमा हामी लोक कल्याणकारी, सुशासन र पादरर्शी स्थानीय सरकार निर्माण गर्नेछौँ। विकासका हिसाबले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्ने छौँ। रोजगार सिर्जना र कृषि क्षेत्रमा ठूलो फड्को मार्ने छौँ। कोहलपुर बासीका लागि आगामी ५ वर्ष स्वर्णीम कार्यकाल हुनेछ।

राजनीति सेवा हो, रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने माध्याम बन्नु र बनाइनु हुँदैन भन्ने मेरो मान्यता छ र सोही आधारमा म अघिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु। जनताको सेवा गर्न थप प्लेटफर्म पाएमा एकाकार भएर कोहलपुरका विकास र पहुँचका लागि अगाडि बढने छु।

प्रकाशित मिति: : 2022-04-14 19:00:00

प्रतिकृया दिनुहोस्