पथरी शनिश्चरेकाे नगर प्रमुखमा काँग्रेसबाट युवा नेता अनुप याेञ्जनकाे उम्मेदवारी घाेषणा

बिएल संवाददाता

पथरी शनिश्चरे

यतिबेला स्थानीय तहको निर्वाचन नजिकिँएसँगै राजनीतिक दलहरूले गाउँ-गाउँमा विभिन्न चुनाव केन्द्रित अभियान लिएर जनतासामु पुगिसकेका छन्। वैशाख ३० गते हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूले यही वैशाख ११ र १२ गतेसम्मको उम्मेदवारी दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। विभिन्न राजनीतिक दलका नेताहरु वडाअध्यक्ष, पालिका प्रमुख र नगर प्रमुखको टिकट आफ्नो हातमा पार्न लागिपरेका छन्।

यसैबीच मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवार बन्न धेरै नेताहरुको आकांक्षा देखाएका छन्। हाल नेकपा विभाजित भएको कारण पथरी शनिश्चरेमा चुनाव जित्ने काँग्रेसकाे दाबी रहेका छ।

हालसम्म पथरी शनिश्चरे नगर प्रमुख पदमा काँग्रेसबाट मात्र ११ जनाले आकांक्षा राखेका राखेका छन्। जसमा क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय प्रतिनिधि पर्शु कार्की, पूर्व महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु, ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ, नगर सभापति रुपनारायण भट्टराई, उपसभापति शन्तोष कार्की, सचिव शान्तोष कटुवाल, लोकनाथ खरेल, बद्री निरौला, माधव कोइराला र लक्ष्मी दुलाल नगर प्रमुखको टिकटको लागी दौडमा रहेको बुझिएको छ।

यसैबीच मोरङ काँग्रेसले पथरी शनिस्चरे नगर प्रमुखमा मोरङ जिल्ला कार्यसमिति सदस्य समेत रहेका प्रखर वक्ताको रूपमा परिचित युवा नेता अनुप योञ्जनले उम्मेदवारी घोषणा गरेका छन्। पार्टीले टिकट दिइएको अवस्थामा अनुपको जित सुनिश्चित रहेकोे मोरङका एक काँग्रेस नेताले बताए।

अनुपसँग हरेक जाती, वर्ग, धर्म र लिंगलाई समेटेर विकास निर्माणको काम गर्न सक्ने क्षमता भएको मोरङका अर्को एक नेता बताउँछन्। अनुपले जनताहरुसँग प्रत्येक्ष वार्तालाप गरिरहेको कारण चुनाव जित्न गाह्रो नरहेको ती नेताको दाबी छ।

‘विगत ५ वर्षदेखि पत्रकारितामा आवद्ध भएको अनुपजीले लकडाउनको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताहरुलाई सूचना सम्प्रेषण गर्नुभएको छ,’ ती नेताले भने।

पथरी शनिश्चचरे नगरपालिका- ७ स्थित लामाटोलका युवा नेता अनुप जगतबहादुर लामाका छोरा हुन्। सामाजिक व्यक्तित्व लामाले स्थानीय विद्यालय दुर्गा मा.विलाई २०३५ सालमा १ विघा जग्गा समेत दान दिएको थियो। लामाले नै त्यस स्थानको नाम लामाटोल राखिएको थियो। बुबाले गरेको सामाजिक काम र समाजमा दिइएको योगदानका कारण पनि अनुप नगरपालिकाभित्र परिचित छन्। विभिन्न संघसंस्थामा आवद्ध भएको अनुप पार्टीको भातृसंस्था सांस्कृतिक संघको केन्द्रीय प्रतिनिधि हुन् भने तामाङ पत्रकार संघको केन्द्रिय सदस्य समेत रहेका छन्।

पार्टीको हरेक कार्यक्रममा सक्रिय रूपमा लाग्दै आएका अनुपले पार्टीले विश्वास गरेर नगर प्रमुख पदमा उम्मेदवार बनाए आफू लड्न तयार रहेको बताएका छन्। पार्टीले आफूलाई नदिएर अन्य कुनै नेतालाई टिकट दिइएको खण्डमा समेत सक्रिय रूपमा लागेर पार्टीलाई जिताउन लाग्ने अनुपले बताए।

प्रकाशित मिति: : 2022-04-18 14:05:00

प्रतिकृया दिनुहोस्