 
                                            
                                        
                                     
                                हेमन्त विवश
कवि, लेखक तथा अर्थविदहरूको टोली खप्तड भ्रमणमा निस्किएको छ।
भूस्वर्ग भनेर चिनिने धार्मिक पर्यटकीयस्थल खप्तडको भ्रमणका निम्ति आइतबार काठमाडौंबाट हिँडेको टोली डोटीको झिग्रानास्थित खप्तड होमस्टेमा बास बसी सोमबार बिहानै खप्तडका लागि निस्केको हो।
टोलीको नेतृत्व डा. मणिकलाल श्रेष्ठले लिएका छन् भने भ्रमणका क्रममा व्यवस्थापनको जिम्मा मोहित ट्राभल्सले पाएको छ।
‘अन्तराष्ट्रिय मुद्रा कोषमा दुई दशक लामो अनुभव बटुलेका डा. श्रेष्ठले विदेशमा समेत आफ्नो अस्तित्व कायम गरिसकेका र नेपालमा पनि केही गर्ने सोच बनाएका छन्। पर्यटकीय गन्तव्य बोकेका नेपालका विभिन्न ठाउँमा घुम्ने उहाँको योजना रहेको छ। यसै सिलसिलामा खप्तडलगायत सुदूरपश्चिमका केही महत्वपूर्ण ठाउँको भ्रमण गर्ने योजना बनेको हो’, नेपाली कला, साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष तथा कवि मोमिलाले बिएल नेपाली सेवालाई बताइन्।
भ्रमण टोलीमा योग एवं प्राकृतिक चिकित्साका विशेषज्ञ डा. हरिप्रसाद पोख्रेल, चर्चित कवि मोमिला जोशी, राजेश्वर कार्की, अर्थविद् डा.मणिकलाल श्रेष्ठ, गीतकार राजश्री श्रेष्ठलगायत स्रष्टाहरू सहभागी छन्।
उक्त समूहका सहभागीहरू ३ रात खप्तडमा बसेर त्यहाँका त्रिवेणीधाम, सहस्त्र लिंग, खप्तड बाबा आश्रम, खापर दह, पाटनलगायत सम्पदा भ्रमण गर्नेछन्।
यात्राकै सिलसिलामा बगलेखक होमस्टे, डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिरलगायत दर्शन गर्ने र महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय आरक्षणसमेत घुम्ने योजना रहेको कुरा भ्रमण टोलीका सदस्य तथा कृषि क्षेत्रमा विशेषज्ञको रुपमा कार्यरत राजेश्वर कार्कीले बताए।
कोरोनाबाट थला परेको पर्यटन व्यवसायमा खासै सुधार हुन नसके पनि पछिल्लो समय अलिकति आश जागेको र खप्तड भ्रमण गर्नेहरूको संख्या बढिरहेको  कुरा होटल तथा पर्यटन महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवम् झिग्राना होमस्टेका सञ्चालक दीपक खड्काले बताए।
खड्काले खप्तडको पर्यटन प्रवर्द्धनका लागि एक महिनाअघि मात्रै धनगढी, डोटीको दिपायल र भिग्रानाबाट हेली टुरको सञ्चालन गरेका थिए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया