बागचौरको मेयर र उपमेयरमा एमालेबाट मल्ल र बीएम सिफारिस

बिएल संवाददाता

बागचौर सल्यान

सल्यानको बागचौर नगरपालिकाको मेयर र उपमेयरका लागि नेकपा (एमाले)ले सर्वसम्मत उम्मेदवार टुंगाएको छ।

आउँदो स्थानीय तहको निर्वाचनका लागि नगर कमिटीको बैठकले मेयरमा तिलक मल्ल र उपमेयरमा भक्तकुमारी बीएमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नगर पार्टीको बैठकले मल्ल र बीएमको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिएका छन्।

मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन्।

प्रकाशित मिति: : 2022-04-21 16:59:00

प्रतिकृया दिनुहोस्