घोषणापत्रका ७८ प्रतिशत काम पूरा भएका छन्: मेयर ढकाल

बिएल संवाददाता

सुन्दरहरैँचा

सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले घोषणापत्रमा उल्लेख भएका ७८ प्रतिशत काम पुरा भएको बताएका छन्। शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो कार्यकाल सफल भएको बताएका छन्। 

आगामी वैशाख ३० गते हुने निर्वाचनमा पुनः मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका उनले अब सामाजिक र आर्थिक विकाशमा लाग्नुपर्ने धारणा राखेका छन्। पहिलो कार्यकालमा धेरै कानुनी जटिलता भएको बताउँदै उनले अधिकांश भौतिक निर्माणमा मात्र केन्द्रित हुनुपरेको बताएका छन्। 

यसबिचमा १७७ किलोमिटर कालोपत्रे, १३ किमी ड्रेन, २ सय किमी ग्राभेल, ७७ वटा पुल तथा कल्भर्ट, ४ वटा झोलुङ्गे पुल, ११ किमी तटबन्ध, १० वटा स्वास्थ्य संस्थाका भवन, ६२ वटा सामुदायिक भवन निर्माण तथा स्तरोन्नति, १५ वटा विद्यालय र ५ वटा सार्वजनिक शौचालय निर्माण भएको उनले बताए। यसले भौतिक विकाशको क्षेत्रमा प्रगति भएको उनको बुझाई छ। 

नेपाली काँग्रेसबाट निर्वाचित भएका उनले आफ्नो कार्यकालमा एक पटक पनि कुनै कार्यपालिका सदस्यले नोटअफ डिसेन्ट लेख्ने अवस्था सृजना नभएको बताएका छन्। कार्यपालिकामा अन्य पार्टीको बहुमत भए पनि आफूले सबैलाई मिलाएर काम गरेको उनको भनाई छ। ढकाल राजीनामा दिएर पुनः मेयर पदमा उम्मेदवार हुने तयारीमा छन्। 


पाँच वर्षमा भएका मुख्य कामहरू :

१. ३५ बेड क्षमताको सुन्दरहरैँचा नगर अस्पताल सञ्चालनमा आएको। 

२. वडा–३, ५, ९, ११ वडा कार्यालय निर्माण गरिएको। 

३. वडा नं १९८७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भई सञ्चालनमा आएको।

४. वडा नं ४ र ६ मा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको। 

५. वडा–२, ३, ५, र १२ मा सुविधा सम्पन्न ल्याब सहितको स्वास्थ्य सेवामा पूर्ण सुधार गरी सञ्चालनमा ल्याइएको।

६. दिगो विकासको लक्ष्य २१५ औँ योजना अनुरूप आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचयोग्य बनाउन सफल। 

७. सुन्दरहरैँचा नगरपालिका वडा–११ मा प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास।

८. पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सहित विशेषज्ञ डाक्टरहरूको सेवा सञ्चालनमा ल्याउन समन्वय गरेको। साथै नगरपालिकाले अनुदान सहयोगमा एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको।

९. प्रदेश प्रहरी तालिम केन्द्रलाई ५० विगा जग्गा उपलब्ध गराई तालिम केन्द्र निर्माणका लागि पहल गरी हाल तालिम सञ्चालनमा ल्याइएको। 

१०. सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि सलकपुरमा ४ विगाह ८ कट्ठा जग्गा प्राप्त भई भवनको शिलान्यास कार्य सम्पन्न गरिएको र निर्माण कार्य समेत थालनीका लागि टेण्डर प्रक्रियामा लगिएको।

११. सुन्दरहरैँचा नगरपालिका वडा नं ९ मा करिब १५ करोडको लगानीमा सुविधा सम्पन्न बुधवारे कृषि बजार भवन निर्माण शिलान्यास गरिएको। 

१२. सुन्दरहरैँचा नगरपालिका वडा–७ मा कृषकहरूको उत्पादनलाई सुरक्षित साथ राख्नका लागि कोल्ड स्टोर निर्माणका लागि भवनको शिलान्यास।

१३. कोभिड सङ्क्रमण तथा लकडाउन अवधिमा नागरिकका घर घरमा औषधी तथा अक्सिजन सिलिन्डर सहित स्वास्थ्यकर्मी परिचालन गरिएको।

१४. सुन्दरहरैँचा मा खेल पूर्वाधार निर्माणका लागि करिब २७ करोडको लगानीमा इन्द्रपुर रङ्गशालाको डिपिआर निर्माणको कार्य सम्पन्न भई भौतिक पूर्वाधार निर्माण हुँदै।

१५. २१ औँ शताब्दीमा शिक्षालाई प्रविधिसँग जोड्दै सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको पहुँच साथै आवश्यकताका आधारमा ल्याब समेत स्थापना गरिएको।

१६. सुकुना माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच गर्ने कार्यका लागि ल्याब सेवा सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले आवश्यक सहयोग एवम् समन्वय गरेको। 

१७. यस क्षेत्रका किसानहरूलाई मध्यनजर गर्दै १–प्रदेशमा नै माटो परीक्षण ल्याब नगर कार्यपालिकाको कार्यालयबाटै गर्ने कार्यको थालनी गरिएको।

१८. करदाता सेवा कार्यालयको रूपमा रहेको कार्यालयलाई जग्गा प्राप्ति गरी आन्तरिक राजश्व कार्यालयको स्थापनाका लागि पहल थालिएको।

१९. हसिना पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्नका लागि ७ करोडको योजना कार्यान्वयनको अवस्थामा रहेको।

२०. शेषनारायण दिव्य धाम, बाघोडा पर्यटकीय स्थल, नयाँ वृन्दावन गौशाला लगायतका पर्यटकीय पूर्वाधार निर्माणको कार्य चालू अवस्थामा रहेको। 

२१. साजिलाल माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयमा प्राविधिक धारको अध्ययापनका लागि आवश्यक सहयोग एवम् समन्वय गरिएको।

२२, सुकुना बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्रको रूपमा विकास गराइएको भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको उल्लेखनीय सहयोग एवम् सहभागिता रहेको। 

२३. वडा–१० मा डिपिआर निर्माण गरी बौद्ध विहार निर्माण गरिएको साथै नगरका अन्य वडाहरूमा करिब ७ वटा बौद्ध विहार निर्माणका लागि नगरपालिकाले सहयोग गरेको।

२४. नगरपालिका क्षेत्र भित्र आदिवासी जनजातिहरूको सांस्कृतिक सम्पदाको रूपमा आदिवासी जनजाति भवन निर्माण सम्पन्न गरिएको सतर्कविर तथा पारु समुदायको सामुदायिक भवन तथा सतकविर स्थल निर्माण गरिएको।

२५. इसाई धर्मालम्बीहरुको लागि चर्च निर्माणका लागि आवश्यक सहयोग तथा समाधीस्थल निर्माणका लागि समेत नगरपालिकाले सहयोग गरेको नेवा समुदायको सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी निर्माण कार्य

२६. अगाडी बढाइएको नगरका विभिन्न स्थानमा २३ वटा भन्दा बढी ज्येष्ठ नागरिक चौतारी निर्माण गरिएको। ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै ज्येष्ठ नागरिकको विभिन्न कार्यक्रमहरू गर्नका लागि ३ वटा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको।

२७. दलित समुदायको नगर कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरी शिलान्यास सम्पन्न गरिएको।

२८. दलित समुदायका व्यक्तिहरूलाई प्रविधि हस्तान्तरण तथा विभिन्न किसिमका सिलाई कटाई मेसिन हस्तान्तरण गरिएको।

२९. नगर क्षेत्रभित्र रहेका करिब १०० भन्दा बढी भजन किर्तन समूहलाई माग गरे बमोजिमका भजन किर्तन सामाग्री (बाजा गाजा) निःशुल्क रूपमा हस्तान्तरण गरिएको।

३०. न्यायिक समितिलाई आउने उजुरी तथा न्याय निरूपण कार्यका लागि सुन्दरहरैचा नगरपालिका वडा–४ को वडा कार्यालयमा नमुना न्यायिक इजलास निर्माण गरिएको। 

३१. नगरक्षेत्र भित्र रहेका सुरक्षा निकायहरूलाई इन्धन, सवारी साधन मर्मत तथा कार्यालय भवन निर्माणका लागि सहयोग गरेको। 

३२. बालविकास केन्द्र, महिला स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप थप तलब भत्ता तथा अनुदानको व्यवस्था मिलाइएको। 

३३. नगरपालिका क्षेत्र भित्रका ४ ठाउँमा खुल्ला व्यायामशाला राखिएको तथा चप ५ स्थानमा राख्ने अन्तिम तयारीमा रहेको।

३४. विभिन्न धर्म, संस्कृति, गोत्र, प्रतिष्ठानहरूको करिब ५० भन्दा बढी सामुदायिक सभा हल निर्माणका लागि सहयोग गरिएको।

३५. मदन भण्डारी स्मृति प्रतिष्ठानमा नगरबाट छात्रवृत्तिमा बर्सेनि विद्यार्थीहरू अध्ययन अध्यापन गर्ने गरेको।

३६. सुन्दरहरैचाकै विकट बस्तीको रूपमा बडा–५ मा चारैतिरबाट नदीले घेरेको स्थानमा रहेको फोकलैण्ड टापुमा नगरपालिका आफैले लगानी गरेर फाइबर नेट मार्फत फि-वाईफाई सेवा प्रदान नगरिएको सुन्दरहरैचा र इटहरी उपमहानगरपालिकाको सिमानाको रूपमा रहेको बुढीखोला बारीपट्टि इलेक्ट्रिक शवदाह गृह निर्माण कार्य भइरहेको। 

३७. नगरपालिका क्षेत्र भित्र रहेका सबै खानेपानी उपभोक्ता समितिहरूलाई पानीको शुद्धता कायम गर्न र पाइप लाइन  विस्तारका लागि आर्थिक सहयोग उपलब्ध गराइएको। 

३८. करुणा फाउन्डेसन र नगरपालिकाको आवश्यक सहयोग र समन्वयमा फरक क्षमता भएका व्यक्तिहरूको विवरण सङ्कलन, परिचयपत्र वितरण तथा आवश्यक सामाग्री वितरण गरिएको। 

३९. ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाले प्रोत्साहन स्वरूप थप एक हजार मासिक रूपमा सामाजिक सुरक्षा भत्तामा थप गरी उपलब्ध गराउने गरिएको। 

४०. प्रत्येक वर्ष नगर माता र नगर पिता घोषणा गर्ने गरिएको र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वार्षिक रूपमा आयोजना गर्ने गरिएको।

४१. सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यमिक विद्यालय, साजिलाल माध्यमिक विद्यालय, शिक्षा निकेतन माध्यमिक विद्यालय र हरैँचा माध्यमिक विद्यालयलाई १/१ थान स्कुल बस खरिद गरी वितरण गरिएको। 

४२. नगरक्षेत्र भित्रका कृषकहरूलाई दुई सय भन्दा बढी बयर बोका र पाठी वितरण गरिएको।

४३. नेपाल विद्युत् प्राधिकरण र नगरपालिकाको संयुक्त लगानीमा नगरक्षेत्र भित्र रहेको करिब १०६ किलोमिटर सडकमा सडक बत्ती जडान गर्ने कार्यको थालनी यसै वर्षबाट गरिनेछ।

४४. सुकुम्वासी तथा भूमिहीन समस्या समाधानका लागि भूमि आयोगसँग देशभरिबाट सम्झौता गर्ने पहिलो नगरपालिका, हाल भूमिहीन व्यक्तिहरूलाई निस्सा वितरणको कार्य अगाडी बढाइएको छ।

प्रकाशित मिति: : 2022-04-23 19:44:00

प्रतिकृया दिनुहोस्