अर्घाखाँचीमा एमालेले उम्मेदवारकाे टुङ्गाे लगायाे, सन्धिखर्ककाे मेयरमा कृष्ण श्रेष्ठ

Breaknlinks
Breaknlinks

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ।

तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको हाे।

सन्धिखर्क नगरपालिकाकाे मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेल चयन भएका छन्। सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने भएका छन्।

यसैगरी मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल चयन भएका छन्। छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन्। पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेकाे छैन।

हेर्नुहाेस् नामावली:

सन्धिखर्क नगरपालिकाको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य 

भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेल 

सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट 

मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल 

छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी

पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्ष (टुंगो लाग्न बाँकी)

प्रकाशित मिति: : 2022-04-24 11:02:00

प्रतिकृया दिनुहोस्