घोराहीमा मालेबाट मेयरमा पहिलो उम्मेदवारी

फाइल तस्विर
फाइल तस्विर

दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ।

बिहान १० बजेबाट सुरु भएको मनोनय दर्ता प्रकृयामा घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै, मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन्। जरोकिलोबाट उपमेयरमा भने दिने तयारी भएको बताइएपनि यहिलेसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन।

यसैगरी स्वतन्त्रबाट घोराहीको मेयरका लागि श्रीमन न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। उनी घोराही १५ निवासी हुन।

त्यस्तै घोराही- १३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टी नरबहादुर घर्ती मगरले पहिलो उम्मेदवारी दिएका छन्।

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आजबाट सुरु भएको छ। स्थानीय तहमा भने मनोनयन दर्ताका लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका छुट्टाएको छ।

यसैबीच दाङमा गठबन्धन दलहरूले भने अझै पनि भागबन्डा मिलाउन सकेका छैनन्। दलहरू आ-आफ्नै अडनमा हुँदा उम्मेदवारी मनाेनयन प्रक्रिया सुरू हुँदासमेत भागबन्डामा गठबन्धन अड्किएकाे छ।

प्रकाशित मिति: : 2022-04-24 13:27:00

प्रतिकृया दिनुहोस्