यी हुन् एमाले राेल्पाले दश वटै स्थानीय तहमा टुङ्ग्याएका उम्मेदवार (सूचीसहित)

Breaknlinks
Breaknlinks

नेकपा (एमाले) राेल्पाले दश वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले जिल्ला कमिटी राेल्पालाई उम्मेदवारहरूकाे अन्तिम नाम पठाएकाे हाे।

रून्टीगढी गाउँपालिकाको अध्यक्षमा बालाराम बुढा र उपाध्यक्षमा हस्तमाली बाँठामगर, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर बाँठामगर र उपाध्यक्षमा जानकी बुढा, माडी गाउँपालिकाको अध्यक्षमा विजय कुमार घर्तीमगर र उपाध्यक्षमा अमृता कुमारी घर्तीमगर उम्मेदवार छन्।

गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशन कुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वली डाँगी, परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोक्का, थवाङ गाउँपालिकाको अध्यक्षमा रवीन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति रोकामगर रहेका छन्।

त्यस्तै, सुनछहारी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश बुढामगर र उपाध्यक्षमा पूर्मला खत्री, लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा जुकमती बस्नेत, सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन, राेल्पा नगरपालिकाको मेयरमा घनश्याम आचार्य र उपमेयरमा कृष्णीकुमारी गौतमलाई एमालेले उम्मेदवार बनाउने भएको छ।

प्रकाशित मिति: : 2022-04-24 21:30:00

प्रतिकृया दिनुहोस्