सल्यानको छत्रेश्वरी गाउँपालिकामा कांग्रेसको रुष्ट टिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अध्यक्षमा दिल्ली जैसी, उपाध्यक्षमा मेगराज भण्डारी, वडा न. १ को अध्यक्षमा शिव कुमार शर्मा, वडा न. ४ मा महोन डिसी र वडा नं. ७ को अध्यक्षमा सुक लाल खड्का रहेका छन्।
छत्रेश्वरीमा कांग्रेसबाट अध्यक्षमा जिल्ला सभापति केश बहादुर विष्ट र उपाध्यक्षमा सीता गिरीको उम्मेदवारी परेको छ ।
पार्टीको गाउँपालिकाबाट सिफारिस नभएका विष्टले शक्तिको आँडमा एक्कासी टिकट ल्याएर उम्मेदवारी दिएको रुष्ट टिमहरुको आरोप छ।