कोहलपुरकाे मेयरमा ३ स्वतन्त्रसहित १५ जनाको मनोनयन दर्ता (सूचीसहित)

कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्रसहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन्। उनीहरूले हर्षाेल्लासका साथ मनोनयन दर्ता गरेका थिए।

जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी समाजवादी र अन्य स्वतन्त्र गरी १५ जनाले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए।

नेकपा एमालेबाट खिल प्रसाद भुषाल, नेपाली कांग्रेसबाट पूर्ण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट नरेन्द्र न्यौपाने, जनता समाजवादी पार्टी नेपालबाट बुधबहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदिप कुमार शाह, राष्ट्रिय जनमुक्ति पार्टी पूर्णकली थापाले मनोनयन दर्ता गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेस(विपी) भोलानाथ शर्मा तकमेल, जनमत पार्टी(जपा) बाट विष्णु कुमारी तमोली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मी कुमारी हमाल, नेकपा माओवादी समाजवादबाट रञ्जिता कुमारी चौधरी र अन्य स्वतन्त्रबाट नेपाली कांग्रेसबाट बलराम शर्मा, देवानन्द अर्याल र नन्दा डाँगीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।

एमालेबाट (१-१५) वडा अध्यक्षको सूची

वडा नम्बर १ मा रुद्र प्रसाद खनाल, २ मा कर्ण सिंह बुढाक्षेत्री, ३ मा माधवराम रिजाल, ४ मा सफि महमद गुजर, ५ मा दिपेन्द्र श्रेष्ठ, ६ मा परदेशी थारु, ७ मा ठग्गा थारु, ८ मा तिल बहादुर खत्री, ९ मा नन्दराम थारु, १० मा हेम कुमार रावत, ११ मा कल्पना अधिकारी, १२ मा टेक बहादुर शाही, १३ मा रुपसिंह डाँगी, १४ मा ज्ञानेन्द्र थापा, १५ मा मोहन थारु ले मनोनयन दर्ता गरेका छन्।

माओवादीबाट (१-१५) वडा अध्यक्षको सूची

वडा नम्बर १ मा बद्रि प्रसाद जैसी, २ मा अम्बर विक, ३ मा तारा केशर रिजाल ४ मा ओपेन्द्र शाही, ५ मा कृष्ण थारु, ६ मा रामशरण थारु, ७ मा बुजिया थारु , ८ मा चन्द्र बुढा, ९ मा ओपेन्द्र नाथ योगी, १० मा कुशल बोहरा, ११ मा शुवास कार्की, १२ मा निरक शाही,  १३ मा मिना कुमारी पुन, १४ मा दान बहादुर वली, १५ मा राधेश्याम थारुले मनोनयन दर्ता गरेका छन्।

कांग्रेसबाट (१-१५) वडा अध्यक्षको सूची

वडा नम्बर १ मा भोजेन्द्र बहादुर रेग्मी, २ मा हरी बहादुर कठायत,३ मा राम शंकर थारु, ४ मा मुवारक अलि गुजर, ५ मा नारायणी घिमिरे, ६ मा श्रीकृष्ण थारु, ७ मा पतिराम चौधरी, ८ मा लाल बहादुर राना, ९ मा ठाकुर प्रसाद थारु, १० मा गौरा भट्टराई, ११ मा मन प्रसाद आचार्य, १२ मा विरेन्द्र कुमार शाह, १३ मा डम्बर बहादुर खड्का, १४ मा नम बहादुर आले, १५ मा दिपेन्द्र कुमार चौधरीले मनोनयन दर्ता गरेका छन्।

राप्रपाबाट (१-१५) वडा अध्यक्षको सूची

वडा नम्बर १ मा रण बहादुर विष्ट, २ मा चन्द्र बहादुर विष्ट, ३ मा केशव प्रसाद रेग्मी, ४ मा रविना चौधरी, ५ मा अजय भट्टराई, ६ मा तिलक चन्द, ७ मा जंगली थारु, ८ मा इश्वरी वली, ९ मा निशान थारु, १० मा भुक्ती कार्की, ११ मा भानुराज उपाध्याय, १२ मा विकास भुषाल, १३ मा लाल बहादुर वली, १४ मा टेक राज गिरी, १५ मा ओमप्रकाश थारुले मनोनयन दर्ता गरेका छन्।

प्रकाशित मिति: : 2022-04-26 18:35:00

प्रतिकृया दिनुहोस्