रसुवाका तीन वडामा राजनीतिक दलले दलित महिला सदस्य नै पाइएनन्

रसुवाको तीन वडामा दलित सदस्यको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन।

यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १ सय ४५ जनाका लागि ४ सय ९४ जनाको उम्मेदवारी परेको छ।

पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदान स्थल रहेका छन्।

प्रकाशित मिति: : 2022-04-27 18:30:00

प्रतिकृया दिनुहोस्