बकैयामा माओवादीका उम्मेद्वारले लिए उम्मेदवारी फिर्ता

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिएकी छिन्।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन्।

गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ।

प्रकाशित मिति: : 2022-04-29 17:17:00

प्रतिकृया दिनुहोस्