तुलसीपुरका स्वतन्त्र मेयरका उम्मेदवार पाण्डेले लिए उम्मेदवारी फिर्ता  

File Photo
File Photo

तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको बताए।

तुलसीपुर उपमहानगरपालिका-५ निवासी पाण्डे कांग्रेसमा आस्थावान नेता हुन्। उनले उम्मेनवारी फिर्ता लिएको भन्दै गिरीकै लागि मत माग्न घर दैलोमा खटिने बताए।

तुलसीपुरकाे प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिने पाण्डे एक मात्र उम्मेदवार हुन्। उपप्रमुखमा भने दुई जनाएको उम्मेदवारी परेकाे छ।

प्रकाशित मिति: : 2022-04-29 17:41:00

प्रतिकृया दिनुहोस्