प्युठान नगरपालिकामा गठबन्धनकाे जित निश्चित : विष्णु कुमार योगी

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन नजिकिँएसँगै चुनावी सरगर्मी बढिरहेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेरदवारहरु यतिबेला चुनावी अभियामा व्यस्त देखिन्छन्। हरेक टोल–टोल चिया पसल, सामाजिक संञ्जाल र घर–घरमा चुनावी बहस समेत भइरहेका छन्।

देशभरका सबै स्थानीय तहका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएसँगै निर्वाचन आयोगले चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ।यतिबेला सबै स्थानीय तहका उम्मेदवारहरू आ–आफ्नो चुनाव चिन्ह र घोषणापत्र लिएर घरदैलो अभियानमा पुग्न थालेका छन। विभिन्न दलहरूबाट उम्मेदवारी दिएकाहरू अहिले गाउँ–गाउँमा पुगेर भोट मागिरहेका छन्।

यही सन्दर्भमा प्युठानकाे प्युठान नगरपालिकामा सत्ता गठबन्धबाट मेयरमा उम्मेदवारी दिएका माओवादी नेता विष्णु कुमार योगीसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानी प्रस्तुत छ:-


मेयर पदमा तपाईंको उम्मेदवारी किन ?

प्युठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेरो मेयर पदमा उम्मेरदवारी रहेको छ। मेरो उम्मेदवारी नगरपालिकाको विकास गर्न, जनतालाई समान अधिकार दिलाउन, प्युठान नगरपालिकालाई नमुना नगरपालिका बनाउन र स्थानीय तहबाटै प्रतिगमनलाई अन्त्य गर्ने मुख्य लक्ष्य रहेकाले मेरो उम्मेरदवारी रहेको हो।

चुनावी अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?

हामी निर्वाचन नजिकिँएसँगै चुनावी अभियानमा निरन्तर लागिरहेका छौँ। यहाँका जनतासँग घरघरमा भेटने, नगरको विकास समृद्धिको बारेमा छलफल गर्ने, गठबन्धनको मुख्य उद्देश्य बुझाउने, अबको हाम्रो योजनाहरु जनतालाई सुनाउँदै अगाडि बढिरहेका छौँ।

चुनावी अभियानमा मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मतदाताको ठूलो उपस्थिति रहेको छ। जनताले सकारात्मक प्रतिक्रिया दिनुभएकाे छ। 

यसपटककाे चुनावलाई कत्तिकाे चुनाैतीपूर्ण रूपमा लिनुभएकाे छ ?

चुनाव जित्न कुनै चुनैती छैन। २०७४ को निर्वाचमा प्रतिपक्षमा रहेको एमालेभन्दा ५ हजारभन्दा बढी मतले विजय भएका हौँ। अहिले पनि हाम्रो भावना, गठबन्धनको मर्म, लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको हमलाबारे जनताले बुझेका छन्। त्यसैले यहाँकाे विकासकाे लागि सचेत जनताले  हामीलाई भाेट दिनुहुन्छ भन्नेमा हामी ढुक्क छाैँ, जित त निश्चित नै छ नि।

तपाईंका चुनाव जित्ने आधार के–के हुन् ?

मेरो चुनाव जित्ने आधार भनेको मतदाता नै हुन। हामी हरेक घर–घरमा पुगेका छौँ। हाम्रो सभा निकै उत्साहित देख्न सकिन्छ। जनसहभागीता र उहाँहरूकाे माया नै मेरो जितको आधार हो।

चुनाव जितेपछि तपाईंको प्राथमिकमा के–के कुरामा बढी हुन्छ ?

सबैभन्दा पहिले हामीले उत्पादनलाई जोड दिने सोच बनाएका छौँ। हाम्रो देश कृषि प्रदान देश भएकाले कृषि क्षेत्र प्राथमिकमा रहने छ। कृषि प्रवर्धन, पर्यटन विकास, स्वास्थ्य, शिक्षा, यातायात, हरेक विकासका पूर्वाधार, सामाजिक सुरक्षालगायतका कुरालाई मुख्य प्रथमिकतामा राखेका छौँ। हाम्रो घोषणा पत्रमा लेखिएका सबै कुरालाई लागू गर्नुभन्दा पहिले प्रविधिक तथा हरेक क्षेत्रका योजनाहरु कसरी गर्दा उपयुक्त हुन्छ सुझाव लिएर मात्र काम गर्ने प्रतिबद्धता राखेका छौँ।

तपाईंंहरुको फरक–फरक विचार राख्ने कम्युनिस्ट र कांग्रेससँगको गठबन्धन छ, के कार्यकर्ताले भोट हाल्लान् त ?

गठबन्धनको आवश्यकता, मर्म, भावना, उद्देश्य र अपेक्षा जनताले बुझेका छन्। प्रतिगमनलाई अन्त्य गर्नका लागि आवश्यक रहेको जनतालाई बुझाएका छौँ। देशलाई अग्रगमनको बाटोमा लैजानको लागि गठबन्धन गरेकाे हाे। जनताले अवश्य भोट हाल्छन्। चुनाव जित्न मात्र हाम्रो गठबन्धन हाेइन, देशमा यतिबेला लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक/समावेशीता, राष्ट्रियतालगायतको संरक्षणका लागि गठबन्धन हो, चुनाव जित्नु मात्र हाेइन चुनाव जित्नेमा हामी ढुक्क छाैँ। एक अर्कामा विश्वास छ, जुनसुकै दलकाे गठबन्धन रहेपनि हामीलाई भोट हाल्नुहुन्छ।

अन्त्यमा मतदाताहरुलाई के भन्नुहुन्छ ?

स्थानीय चुनाव आउन अब केही दिन मात्र बाँकी छ। सम्पूर्ण प्युठान नगरपालिकाका जनताहरु, नेता, वुद्धिजीवी प्रतिपक्षमा रहेका जनताहरु समग्र प्युठान नगरपालिकाकाे विकास समृद्धि यतिबेलाको आवश्यकता रहेको बेला हाम्रो शिक्षा, स्वास्थ्य, यातायात, सडक विस्तार र यहाँको हरेक प्रकारका समस्याको समाधानको लागि हामीलाई जिताउनु आवश्यकता हो। यी सबै कुरा पूरा गर्नकाे लागि हामीलाई भोट हाल्नुहोस्।

प्रकाशित मिति: : 2022-05-08 20:14:00

प्रतिकृया दिनुहोस्