स्थानीय तह निर्वाचनमा उठेका ९ उम्मेदारको मृत्यु

Breaknlinks
Breaknlinks

यही वैशाख २२ गते सुनसरीको रामधुनी नगरपालिका– ८ काे वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पाैडेलकाे मृत्यु भयाे। उम्मेदवारी दिएकाे केही दिनपछि बेपत्ता अवस्थामा रहेका उनी आफ्नाे घर पछाडि मृत अवस्थमा भेटिएका थिए।

लामाे समयदेखि नेपाली काँग्रेसमा क्रियाशील उनी २०७४ सालकाे निर्वाचनमा उम्मेदवार दिने याेजनामा थिए तर पार्टीले टिकट दिएन। यसपटककाे निर्वाचनमा वडा अध्यक्षमा टिकट पाउनेमा ढुक्क थिए। तर, यसपटक पनि उनले टिकट पाएनन्। त्यसपछि उनले बागी उम्मेदवारी दिएका थिए।  पार्टीले नपत्याए पनि आफै चुनाव जितेर देखाउँछु भन्ने आँटका साथ कम्मर कसेका उनी अन्तत: आफैसँग हारे। मृत्युवरण गरे। उनकाे वडा अध्यक्ष बन्ने सपना घर पछाडिकाे रूखमा पुगेर सकियाे।

त्यस्तै दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ५३ वर्षीय लवरु चौधरीकाे वडा अध्यक्ष बन्ने सपना पनि निर्वाचन आउन मात्रै दिन ३ दिन बाँकी रहँदा अन्त्य भयाे। चुनावी अभियनकै क्रममा एक्कासी विरामी परेका चाैधरीले मंगलबार बिहान काठमाडाैँकाे टिचिङ अस्पतालमा अन्तिम सास फेरे। उनकाे पनि वडा अध्यक्ष बन्ने सपना चुनावी मैदानबाटै अन्त्य भयाे।

यता कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपप्रमुख उम्मेदवारी दिएकी नेपाली कांग्रेस नेत्री शुभावती कुर्मीको पनि चुनावी अभियानकै क्रममा साेमबार राति मृत्यु भयाे। यसअघि उपप्रमुख पदमा विजयी भएकी कुर्मी दाेस्राे पटक नगरपालिकाकाे नेतृत्व गर्न चाहन्थिन्। तर, उनकाे चाहना ताैलिहवास्थित जिल्ला अस्पतालमा पुगेर टुङ्गियाे। उनी हृदयघातका कारण मृत्युवरण गरिन्।

त्यस्तै, नेकपा (एमाले)बाट सिरहा नगरपालिका– ५ काे वडा सदस्यमा उम्मेदवारी दिएकी ६५ वर्षीय मुना सेखकाे पनि मृत्यु भयाे।

यसरी स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारकाे मृत्यु भएकाे निर्वाचन आयाेगले बताएकाे छ।

आयाेगका अनुसार नेकपा (एमाले)बाट दलित महिलामा उम्मेवदारी दिएकी रुपन्देहीकी उम्मेवदारको ज्यान गएको छ। सुनसरीकमा (स्वतन्त्र पद)बाट वडां अध्ययक्षमा उठेको उम्मेवदारको निधन भएको छ। त्यस्तै, कपिलवस्तुमा (एमाले) वडां सदस्यमा उम्मेवदार दिएको उम्मेवदारको निधन भएको छ। कपिलवस्तुकै (माओवादी)बाट वडां सदस्यमा उम्मेवदार दिएका उम्मेवदार दिएकाहरूकाे पनि ज्यान गएकाे छ।

प्रकाशित मिति: : 2022-05-10 19:00:00

प्रतिकृया दिनुहोस्