'मामाको कुरा सुनेर छुट्टै जोश आयो अनि सरकारविरुद्ध सडकमा उत्रिएँ'

Breaknlinks
Breaknlinks

काठमाडौंको माइतीघरमा पम्प्लेट बोकेर एक्लै उभिरहेका थिए– २८ वर्षीय आकाश बास्तोला। उनले बोकेको पम्प्लेटमा लेखिएको थियो, ‘मौन धर्ना सन्दर्भः मूल्यवृद्धि’।

जसलाई देखाएर उनी लगातार बढिरहेको मूल्य घटाउन माग गरिरहेका छन्। मूल्यवृद्धिको विरोध गर्दै मौन रहेरै उनको पाँच दिन त यसरी नै बितिसक्यो।



मूल्यवृद्धिको विरोधमा थाल ठटाएर महिलाले गरे माइतीघरमा प्रदर्शन

रूस–युक्रेन युद्धको चपेटामा नेपालको पोल्ट्री क्षेत्र, यसकारण बढ्यो अण्डा र मासुको मूल्य



आफू मौन बस्न रुचाउने भएको भन्दै उनले भने, ‘मलाई नेताले जस्तो भाषण दिन आउँदैन, मन पनि छैन। त्यसैले मौन बसेको हुँ।’

भक्तपुरका स्थानीय उनी बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उठिरहेका हुन्छन्, आफूले गरेको माग पूरा हुने आशमा।

टन्टलापुर घाममा एक्लै पम्प्लेट बोकेर उभिरहेका आकाशलाई देखेर मान्छेले नगिजाएका पनि होइनन्, तैपनि उनी आफ्नै सुरमा हुन्छन्।



सेन्ट लरेन्सका शिक्षकले छात्रालाई सोधे,‘तँ मेरो यौन पार्टनर बन्छेस् ? ’

आन्दोलनरत सेन्ट लरेन्सका विद्यार्थीहरूलाई प्रहरीले गर्‍याे पक्राउ



‘मलाई यसरी उठिरहेको देखेर प्रहरी र सडक सफा गर्ने दिदीहरुले बौलाह हो भनेर पनि सोध्नुभयो’, उनले बिएल नेपाली सेवासँग भने, ‘तर मैले मेरो लक्ष्य छोडिनँ।’

पहिलो दिन हातमा पम्प्लेट बोकेर उभिरहेका उनलाई सुरुवाती दिनमा अप्ठ्यारो नलागेको पनि होइन। त्यसैले उनले निर्णय गरे, ‘दोस्रो दिनदेखि माइतीघर नजाने।’

तर उनको कुरा सुनेका एक जना मामाले भने, ‘तिमीले सुरु गरिसक्याै भान्जा, अब यसलाई निरन्तरता देउ। एकैदिनमा हार नमान है।’

मामाको कुरा सुनेर उनमा छुट्टै जोस आयो– जनताका लागि अन्तिमसम्म लड्ने। त्यसैले दोस्रो दिनदेखि उनी पुनः एक्लै मूल्यवृद्धिको विरोध गर्न थाले।

महंगीको विरुद्ध आवाज उठाइरहेका एक्लो युवालाई देखेर अरुले पनि साथ देलान् भन्ने कुरामा उनलाई निकै आश थियो। तर उनको आश तब टुट्यो, जब उनको दिनचर्या यसरी बितेको पाँच दिन भयो।

‘मलाई थाहा छ, मेरो लागि कसैले साथ दिने छैनन्। तर मलाई केही गुनासो छैन’, उनले भने। आफूले गरिरहेको कामप्रति आफ्नो परिवारको साथ रहेको उनले बताए।



६ दशक कटेका यी व्यक्तिको अन्तिम इच्छाः हुर्केका छोराछोरीसँग सास रहुञ्जेलसम्म माग्न नपरोस्

‘कौसी क्वीन’ अर्थात् कृषि मेलाकी रेखा 



‘मेरो परिवारको साथ नभएको भए मैले यो काम गर्न सक्दिन थिएँ’, उनले भने, ‘मलाई मेरो परिवारले तिमीले जनताका लागि आवाज उठाएर राम्रो काम गरिरहेका छौ, भन्नुहुन्छ।’

आकाशले किन गरे मूल्यवृद्धिको विरोध?

पेशाले पठाओ राइडर उनी एकदिन घरमै टेलिभिजन हेर्दै थिए। त्यहाँ उनले समाचार देखे- पेट्रोलियम पदार्थ, खाने तेल, ग्यासलगायतको मूल्यवृद्धिको।

महंगी बढेको समाचार सुनेका उनले मूल्यवृद्धिको विरोध गर्ने सोच बनाए। आफूले थाहा पाएको समाचारलाई उनले आफ्ना साथीभाइलाई फैलाएर भन्न थाले, ‘हामीले यसको विरोध गर्नुपर्छ।’

विरोध गर्ने कुरा सुनेका साथीहरुले उनलाई साथ दिँदै भन्न थाले, ‘भइहाल्छ नि!’ तर उनको कुरा मोबाइलमा मात्र सीमित रह्यो।

‘सुरुमा त साथीहरुले हुन्छ भनेका थिए, तर वास्ता गरेनन्’, उनले भने, ‘फेसबुकमा भगवानको फोटो सेयर गरे पुण्य मिल्छ भनेर सेयर गरेको जस्तो भयो। मेरो कुराको कसैले पनि वास्ता गरेनन्। त्यसैले आज म एक्लै छु।’

आफूले गरेको मौन प्रदर्शन साता दिनसम्म मात्र गर्ने बताउँदै उनले भने, ‘अब हेर्दै जाम के हुन्छ।’

प्रकाशित मिति: : 2022-05-28 17:10:00

प्रतिकृया दिनुहोस्