बालेन यात्रा : गैरीगाउँदेखि बागदरबारसम्म

Breaknlinks
Breaknlinks

स्वतन्त्र उम्मेवदारी दिएका वालेन्द्र साह (बालेन) काठमाडौँ महानगरपालिकाकाे मेयरमा निर्विचित भएका छन। उनले कुल ६१ हजार ७ सय ६७ मत ल्याएर मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित र नेपाली काँग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै मेयरमा निर्वाचित भए। अब काठमाडाैँकाे भविष्य बालेनकाे हातमा पुगेकाे छ।

बालेन पेसाले र्‍यापरसँगै इन्जिनियर हुन्। राजनीतिमा नभिझेका र उमेरले कम अनुभव भएका उनले अब काठमाडाैँलाई कसरी हाँक्लान् ? धेरैकाे मनमा उब्जिएकाे प्रश्न हाे, याे। केही मानिसलाई बालेन साहबारे केही जानकारी भएपनि बालेनलाई धेरैले चिन्ने परिचय भनेकाे र्‍याप गायक हाे।

काे हुन् बालेन ?

काठमाडाैँका नवनिर्वाचित मेयर बालेन काठमाडौं वडा– ९ तीनकुने, गैरीगाउँका स्थायी बासिन्दा हुन्। उनकाे पुर्ख्याैली घर महोत्तरी भएपनि उनकाे जन्म काठमाडौँमै भएकाे हाे।

बालेनकाे जन्म वि.सं. २०४६ वैशख १४ गते बुबा डा.रामनारायण साह र आमा ध्रुवदेवी साहको दोस्रो सन्तानको रुपमा भएकाे थियाे। उनका दाजु कौशल साह च्याटर एकाउन्टेन हुन्। भने, बुबा प्रख्यात आर्युवेदिक डाक्टर। बालेनले स्कूलकाे पढाइ भिएस निकेतन विद्यालयबाट पूरा गरेका हुन्। सानैदेखि पढाइमा अब्बल उनी विद्यालयमा हुने सबै कार्यक्रममा सहभागी हुन्थे। उनको विवाहको बारेमा धेरै चर्चा भएको छैन। उनले माेरङकाे उर्लाबारीकी सविना काफ्लेसँग मागी विवाह गरेका हुन्। सविना लेखक हुन्।

बालेनले कक्षा ११/१२ हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान संकायमा पास गरे। उनी त्यस ब्याचको एकमात्र व्यक्ति हुन्, जो आफ्नो कक्षाबाट उर्तीण भएका थिए। उनलाई गीत गाउन पनि पहिलादेखि नै अतिरुचि थियो। उच्च शिक्षका लागि उनले स्ट्रक्चर इन्जिनियरिङलाई रोजे। उनलाई इन्जिनियरिङकाे मोहले तान्यो। उनी उच्च शिक्षका लागि भारत (कर्नाटक) पुगे र त्यहाँ आफ्नो पढाइ पूरा गरी नेपाल फर्किए।

इन्जिनियरिङ पढेका बालेन कसरी बने र्‍यापर ?

उनी सानैदेखि गीत गाउनमा साेखिन थिए। त्यसमाथि पनि र्‍याप उनलाई सबैभन्दा मनपर्ने विधा हाे। उनले आफ्नाे र्‍याप यात्राको सुरुआत रअ ब्याजबाट सुरु गरेका हुन्। उक्त रअ ब्याजपछि उनी केही मानिसबीच चर्चामा आउन थाले। उनले लगभग १० वटाभन्दा बढी र्‍याप गाएका छन् र उनको सबैभन्दा चर्चाति र्‍याप आस्थिक, बलिदान हो, जसबाट उनले धेरै दर्शकहरु कमाउन सफल भएका छन्। उनको हरेक र्‍यापहरु भने देश र देशको राजनितिको बारेमा छन्। उनले देशमा आमजनताहरुले पाएको दु:ख र नेताहरुले गरेको भ्रष्ट्रचारलाई समेटेर हरेक र्‍यापबाट केही सन्देश पठाइराखेका हुन्थे।

बालेनको राजनीतिक यात्रा ?

आज–भोलि बालेनलाई सामाजिक सञ्जालमा फ्लाे नगर्न सायद कोही कमै हाेलान्। उनको एउटा पोष्ट अहिले सामाजिक सञ्जाभरि भाइरल छ, जुन उनले आजभन्दा ५ वर्षअगाडि लेखेका थिए।

उनले लेखेका थिए,‘म एउटा स्ट्रक्चर इन्जिनियर हुँ, मलाई थाहा छ देश कसरी चलाउन भन्ने कुरा थाहा छ। म यसपाली भोट हाल्दिनँ किनभने मलाई कसैको भर लगादैन, र म अबको ५ वर्षपछि भोट हाल्छु आफूले आफूलाई, मलाई मेरो बाहेक कसैको भर लगादैनँ।’

यो पोष्टबाट त यति कुरा प्रष्ट हुन्छ कि न उनी कुनै पार्टीमा लागेको हुन् न उनी कसैको भरमा यहाँसम्म आइपुगेका हुन्। उनको राजनीतिक यात्रा धेरै कठिन भन्ने पक्कै पनि भएन। उनले आफ्नाे भिजन र आफूसँग भएको सबै आइडिया आमजनता माझ पोखेपछि उनी काठमाडौँबासीको मात्र नभई सिंगो राज्यको मनमा बस्न सफल भएका थिए।

यस वर्षकाे स्थानीय चुनावमा काठमाडाैँमा सबैभन्दा उम्मेदवारी दिएका थिए, बालेनले। त्यसबेलासम्ममा पनि युवा बाहेक अरुलाई बालेन साहको हुन ? भन्ने थाहा थिएन। जब निर्वाचन नजिकिँदै गर्दा उनको बारेमा केही चर्चा हुन थाल्यो, उनी सबैको अगाडि प्रस्तुत हुन थाले। उनको विचार र भिजनले गर्दा उनी सबैको मनमा बस्न सफल भए।

उनलाई थोरैले आलोचना गर्थे भने धेरैले माया। उनलाई राजनीतिक दलमा समेत लागेको भनि आरोप लागेको थियो। उनीमाथि काठमाडाैँबासीकाे मात्रै नभएर सम्पूर्ण देशबासीकाे आशा छ।

बालेनकाे कार्यकाल सफल रहाेस् शुभकामना।

तस्बिरमा हेर्नुहाेस् काठमाडाैँका नवनिर्वाचित मेयर बालेन साहकाे विजय उत्सव

प्रकाशित मिति: : 2022-05-27 20:15:00

प्रतिकृया दिनुहोस्