रविन पुन मगर (आइडु)
देशकाे राजधानी काठमाडौँका सडक पेटीहरू फुटपाथ पसलहरूले जहिले भरिभराउ हुन्छन्। नगर प्रहरीको आँखा छल्दै आफ्नो जीवीका चलाउन संघर्ष गरिरहेका मानिसहरू भेटिन्छन्, पेटीहरूमा। एकातिर साँघुरो सडक र गल्लीहरु अर्कोतिर अनियन्त्रित सवारी पार्किङ, फुटपाथका कारण हिँड्ने यात्रुलाई असहज वातावरण सिर्जना गरेर हैरानी बनाएकाे कथा सबैभन्दा अगाडि छ। त्याे भन्दा पनि अगाडि छ, सडकमा संघर्ष गर्नेहरूकाे कथा। प्रस्तुत छ, यही सडक पेटीबाट जीवन धानिरहेका १२ फाेटाे कथा:
– सडक छेउको फुटपाथमा बदाम र पानी बेच्दै गरेका वृद्ध। उमेरले ६० नाघेका उनीहरू जिम्मेवारीले २५ नकाटेका जस्ता देखिन्छन्।
– हातमा इस्टकोट र काँधमा परिवार पाल्ने जिम्मेवारी बोकेर सडक पेटीमा हिँडिरहेका एक वृद्ध।
– स्कुलबाट छोरीलाई स्कुल ड्रेसमै बोकेर सडकमा कपडा बेच्न आएकी महिला।
– काठमाडौँको गर्मीमा तिर्खाएक युवतीहरुलाई फलफूल बेच्दै एक फुटपाथ पसले।
– सडक छेउमा जुत्ता सिलाउने दाइ, जसले फुटपाथमा हिँड्ने कैयौँका जुत्ताहरु सिलाउछन।
– सबैको आ– आफ्नै रन्को छ। कोही आफ्नो सामान किन्न ग्राहक बोलाउँदै छन्, कोही बार्गेनिङ।
– डेक्चिमा नरिवल बेच्न ग्राहक पर्खिरहेका एक फुटपाथ पसलका वृद्ध।
– वृद्ध शरीर बारमा धल्किएर बसेका उनी पानीका बोत्तल र खुद्रा सामान बेच्न रत्नपार्क बाहिर बसिरहेका छ्न।
– खरभुजा बेच्दै गरेको एक अधबैंसे दिदी। काठमाडौँ गर्मीमा खरभुजा खाएर तिर्खा मेट्दै वटुवाहरु।
– पानी र खुद्रा सामान बेच्दै बसेका एक बृद्द आमा।
– सडक छेउमा खुद्रा सामान राखेर बसिरहेका फुटपाथ पसलका दिदी।
– हरेक दिन सडक पेटीमा बसेर अरुको भाग्य बताउने बुबाको आफ्नो भाग्य त्यै फुटपाथबाटै खोज्दैछन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया