आगामी चुनावमा पनि जनमाेर्चा गठबन्धन गर्न तयार छ : चित्रबहादुर केसी (भिडियाेसहित)

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष हुन्, चित्रबहादुर केसी। लामाे समयदेखि जनमाेर्चाकाे अध्यक्ष बनेर पार्टी समाहालिरहेका उनी वि.सं.२०७२ साल कार्तिकमा उपप्रधानमन्त्री तथा गरिवी निवारण मन्त्री बनेका थिए। अनुभवी कम्युनिस्ट नेताका रूपमा परिचित छन्, केसी।

नेपालमा संघीयता ल्याउने कुरा गर्दा देखि नै त्यसकाे विरूद्धमा उत्रिएका उनी संघीयता लागू हुँदा पनि विपक्षमै चर्काे आवाज उठाइरहेका छन्। तथापि, उनी र उनकाे पार्टीले संघीयताकाे विराेध गरे पनि संघीय सरकारमा भने सहभागी भइरहँदा आलाेचित बनिरहेकाे छ। चुनावमा पनि नीति, सिद्धान्त र विचार नमिल्ने पार्टीसँग पनि गठबन्धन गरिरहेकाे छ।

यसरी संघीयताकाे विराेध गर्ने जनमाेर्चाले किन संघ र प्रदेश सरकार जाेगाउने पक्षमा उभिरहन्छ ? कतै संघीयता खारेजीकाे नारा जनमाेर्चाकाे चुनाव जित्ने एजेण्डा मात्रै त हाेइन् ? किन जनमाेर्चा संघीयता पक्षधरका पार्टीसँग चुनावी गठबन्धन गरिरहन्छ ? यिनै विषयमा रहेर बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे संपादित अंश प्रस्तुत छ :

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तपाईंकाे पार्टीले साेचेकाेअनुसारकाे परिणाम आयाे ?

मोटामोटी रूपमा राम्रै भयो। तर, कुहीँ कतै पहिला जितेका ठाउँ पनि गुमाउनु पर्‍याे। हाम्रो संगठनको आधारअनुसार राम्रो भएको छ, परिणाम जे आयो सन्तुष्ट छौँ।

त्यसाे भए त तपाईंहरू संघ र प्रदेशकाे निर्वाचनमा पनि गठबन्धन गर्नुहुन्छ हाेला नि ?

सम्भव भएसम्म आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने सोचेका छौँ। अन्य दलका केही साथीहरुले बामगठबन्धन गरेर जानुपर्ने समेत कुरा उठाएकाे देखिन्छ। तर, हिजोको दिनहरुमा पनि हामी कयौँ निर्वाचनमा गठबन्धन गरेर गएका थियौँ। २०७४ काे गठबन्धनले धोका दियो। आम जनातको गुनासो र आजको आवश्यकता भनेको बामगठबन्धन रहेको पाइन्छ। गठबन्धनका जिम्मेवार साथीहरुले संविधानको हन्न गरेर देशमा प्रतिगमनको बाटो रोज्ने, संसद नै भङग गराई दिने, अझ प्रतिगमनमै लाग्ने भएकाले अहिलेको गठबन्धन गर्न बाध्य भएका हौँ। यो गठबन्धन खुसीले बनेको होइन। सविधनको रक्षाको लागि बाध्यताले बनेको गठबन्धन हो।

धेरैको गुनासो यतिबेला बामपन्थी पार्टीलाई छोडेर जनमोर्चाले किन नेपाली क्रांग्रेससँग गठबन्धन गरेकाे ? भन्ने हाे। हामीले जनतालाई बुझाउन नसकेर हो अथवा एमालेका मान्छेहले धेरै प्रचार गर्दिएर हो, जनता भ्रममा छन।

आफ्नो चरित्र क्रियाकलाप कम्युनिस्ट नभए पनि हामीलाई कम्युनिस्ट आन्दोलनबाट बिच्लित भएर प्रतिक्रियावादी काग्रेससँग गठबन्धन गरेकाे भन्ने आरोप हामीमाथि छ। संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता छोडेर प्रतिगमनतिर गएकाहरुले नराम्रो प्रचार गरेको देखिन्छ। अबको निर्वाचनमा पनि प्रतिगमनको खतरा रहेकाले अहिलेको गठबन्धनसँगै जानेछौँ। यो बाध्यत्मक आवश्यकताको गठबन्धन हो।

तपाईंंहरू संघीयताको विराेध गर्दा गर्दै पनि संघ र प्रदेश सरकार जोगाउने पक्षमा उभिएकाे देखियाे, यसलाई जनताले कसरी बुझ्ने ? संघीयता खारेजकाे नारा तपाईंंहरूको चुनाव जित्ने एजेण्डा मात्रै त हाेइन नि ?

सबै पार्टीको एउटै नीति भए त देशमा एउटा मात्र पार्टी रहन्थ्यो। देशमा अमेरिकीसामज्यवाद भित्रिने कुरा थाहा हुँदा हुँदै पनि आफू सत्ताबाट भाग्नुपर्ने, नोक्सानी बेर्होर्नुपर्ने भएकाले उनीहरुले कथित व्याख्यात्मक टिप्पणीको झुण्डाएर संसदबाट एमसीसी बहुमतका साथ पास गरेका हुन्। अहिलेको गठबन्धन उचित हाेइन तर देशमा प्रतिगमनको खतराबाट बच्न, संविधानको रक्षाको लागि हामीले यो गठबन्धन गरेका हौँ। सांगठनिक प्रद्धति, सिद्धान्त र नीति मिले छुट्टै पार्टी निर्माण भइहाल्थ्यो नि। हामीलाई एमसीसी पास गर्नेहरुसँग जनमोर्चा किन गठबन्धन गरेकाे भन्नेहरु कि प्रतिगामी शक्त्ति हुन हाेइन भने एमाले तथा राजावादी शक्त्ति हुन्।

आफ्नाे नाेक्सानी टाल्नकाे लागि संयुक्त्त मोर्चाको नीति र कार्यगत एकताको नीति नबुझेर जनमाेर्चाले गठबन्धन गरेको आराेप धेरैले लगाएकाे पाइन्छ। इतिहासलाई हेर्ने हो भने २०४६ मा पनि हामीले नेपाली कांग्रेससँग गठबन्धन गरेका थियाैँ। हिजोको पञ्चायती व्यवस्थादेखि निरंकुश राजतन्त्रको अन्त्यको लागि हाम्रो विभिन्न पार्टीसँग गठबन्धन भएको थियो। मसाल सक्कियो, जनमोर्चा सक्कियो भनेर हल्ला गर्नेहरु प्रतिगमनका मुख्य अंग हुन्। अन्तर्राष्ट्रिय परिवेशलाई हेर्ने हो भने पनि आवश्यकताअनुसार गठबन्धन गरेको देखिन्छ। अमेरिका र चीनजस्तो विकसित देशहरूमा समेत यस्तो प्रकारको गठबन्धन रहेको देखिन्छ। अमेरिकन साम्राज्यवादसम्म गठबन्धन गरेर गएको इतिहास छ। त्यसैले कांग्रेस क्रन्तिकारी हो भनेर हाम्रो गठबन्धन भएको हाेइन, ओलीको प्रतिगमनलाई रोक्न यो आवश्यक रहेकाले यो गठबन्धन भएको हो। प्रतिगमनलाई उक्साउँदै राजावादीहरूले र भारतीय साम्राज्यवादले समेत साथ दिएकोले देशमा प्रतिगमन भित्रिन नदिन एमसीसीमा बिरोध तर यिनै शक्तिहरूसँग प्रतिगमन रोक्न गठबन्धन निर्माण भएको हो।

ओलीलाई सरकारमा ल्याउन नचाहेर कंग्रेससँग कार्यगत एकता भएको हो। पञ्चायतकाे भागेदारहरूले राजतन्त्र फाल्नुपर्छ भनिरहँदै गर्दा किन विरोध गरेको भन्ने उतिबेला पनि यस्तै तर्क आउँथे। पञ्चायती साशन व्यवस्था भएको देशको नागरिक हामी थियौं, उतिबेला पञ्चायतको विरोध गर्न विदेशमा गएर पञ्चायतको विरोध गरेर अर्थ हुन्थ्यो त ? धेरैले संघीयता के हो नबुझेर संघीयता ठिक छ किन विरोध गरेको भन्ने गरेको देखिन्छ। संघीयता के रहेछ जनता र नेताहरूले बुझिसकेको छन। हामीले प्रदेश सरकार खारेज गर्नुपर्छ स्थानीय तह र संघ बलियो बनाए पुग्छ भनेका छौँ। हामीले संघीयताको विरोध गर्छौँ। प्रदेश सरकारमा हाम्रा संसदहरू नि छन। सरकार जोगाइदिएर वा सरकार ढाल्दिएर संघीयता त खारेज हुँदैन नि। हामी संघीय प्रणाली भएको देशमा रहेको नागरिक भएपछि यही व्यवस्थाभित्र रहेर भित्रबाटै आन्दोलन गरिरहेका छौँ। हामीलाई सत्ता र पदसँग कुनै मोह होइन, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र संविधानको रक्षाको लागि हाम्रो निरन्तर निरन्तर संघर्ष हो। गणतन्त्र सिध्याउँन खोज्नेहरू यो देशको मुख्य बाधक हुन। संसदीय व्यवस्थाले देशमा जनताले सोचेको जस्तो व्यवस्था पाउनको लागि अर्को विकल्प नरहेकाले हामी यहीँ व्यवस्थाको विरोधत्मक साथ रहेको छ। जनताले बुझेका छन खारेज हुन्छ नै। नयाँ जनवादी व्यवस्था ल्याउनकाे लागि हामी लागिरहेकाछौँ, एकातिर उग्रबामपन्थीहरू यसलाई सिध्याउन लागिरहेका छन। भारतीय सामाज्यवादले देशलाई हिन्दूराज्य बनाउन खोजिरहेको छ। उग्र संसदीयवादीहरूले गणतन्त्रलाई सिध्याउन खोजिरहेका छन। त्यसैले हाम्रो गणतन्त्रलाई जोगाउन प्रतिगमनबाट बच्नको लागि यो गठबन्धन गरेका हौँ।

के देशमा संघीयता खारेज होला ? तपाईंले कल्पना गर्नुभएको छ ?

नभई हुँदैन। नेपालमा हिजो सतिप्रथाको कत्रो त्रास थियाे, त्यो पथा रह्यो त ? राजतन्त्र रह्यो त देशमा जनताले चाहे असंम्भव भन्ने केही छैन। विस्तारै जनमत त्यहीँअनुसार बनिरहेको छ। संघीयताको ठेकेदारहरूले समेत संघीयता पल्न सक्दैनन्। यो निकै महङ्गो रहेछ बुझिसकेका छन। उतिबेलादेखि हाम्रो पार्टीले संघीयताले जातीय, क्षेत्रीय, द्वन्द्व निम्त्याउँछ, देश टुक्र्याउँछ भन्दै गर्दा कत्रो धम्की त्रास आयो, दबाब समेत आयो तर पनि हामीले निरन्तर संघर्ष गरिरहयौँ। हामी त सक्किने सर्तमा पनि राष्ट्रियताको पक्षमा बोल्छौँ। हाम्रो जस्तो गरीब मुलुकले ८ ठाउँमा मन्त्री र हजारौँ मन्त्रीहरू पाल्न हरेक दिन नेपाली विदेशिनु परेको छ। वर्षमा हजारौं जनता बेपत्ता हुन्छन्, बचेकोहरूले अरबमा पसिना बगाएको पैसाले हजारौं मन्त्री संसद नेताहरू पाल्दिनु पर्ने यो संघिय प्रणाली चलाइदिनुपर्ने ? अब जनमोर्चाले संघीयता चाहिन्छ भने पनि जनताले स्वीकार्दैनन्। नेपाली जनतालाई जबर्जस्ति शक्ति राष्ट्रहरूले बोकाई दिएका हुन्। अब जनता सडकमा आउँछन, आउनुपर्छ। अर्टा हे त क्या कर्ता हे। यो खारेज भएरै छोड्छ।

जनमाेर्चाबाट फुटेर जानेहरूले तपाईंंहरूलाई दक्षिणपन्थी भन्ने गर्छन्, साँच्चै तपाईंंहरू दक्षिणपन्थीतिर ढल्केकाे हाे ?

हिजो पार्टीको स्थापना कालदेखि नै सिद्वान्त, नीति र धैर्यता लिन नसकेर आफ्नो रहर र आकाङ्क्षा पूरा गर्न नसकेर पार्टीबाट निस्कने यस्तो परम्परा चलाइरहेका छन। यो हाम्रो मात्र हाेइन सबै राजनैतिक दलको समस्या हो। काेही–काेहीहरू अवसरको खोजिमा पदको लोभले निस्केर जान्छन्। अझै पनि हाम्रो पार्टीमा यस्तो व्यक्तिहरू नहोलान् भन्ने छैन, ती मान्छेहरू पनि जान्छन् एकदिन, वार्ता चलिरहेको होला। मन लागे एमाले, माओवादी, काँग्रेसमा जान्छन् हाम्रोमा यस्तो हुँदैन। लेलिनवादी सिद्वान्त नमान्नेहरू छुटेर जान्छन्। महाधिवेशन हुँदा बहस चल्छ दुईधार छुटिन्छन्, बहुमत अल्पमत देखिन्छ। महाधिवेशनमा अल्पमतले हार्छ अनि नयाँ पार्टी खोल्छन्। प्रतिगमनकारीहरूसँग लाग्छन।

हामीलाई विभिन्न आरोप लगाएका छन। आफै प्रतिगमनकारीसँग लागेर उहीँ व्यवस्थामा लाग्छन् भनेर। आफूले आफैंलाई क्रान्तिकारी सम्झेर क्रान्तिकारी भइदैन। यो एउटा पसल हो। यस्तो पसल धेरैले थाप्छन। अल्पमतमा परेर पार्टी खोल्नेहरू गरेर खादैनन्। केही दिन हल्ला गर्छन् सक्किन्छन्। कहाँ जाउली सेकौली यहीँ देखौला भनेझै दक्षिणपन्थीहरूसँग मिलेर हिँडिकाे देखिन्छ।

प्रकाशित मिति: : 2022-06-26 17:10:00

प्रतिकृया दिनुहोस्