
नवीन रायमाझी
हरेक मान्छेलाई भविष्यमा के हुन्छ भन्ने जान्न मन लाग्छ। भविष्यमा के हुन्छ र के हुँदै छ भन्ने थाहा पाउने अनेक सास्त्रहरु छन्। अब यो ठ्याक्कै थाहा हुन्छ कि संयाेगले मिल्न जाने हो त्यो पंक्तिकारलाई जानकारी छैन, तर संसारका धेरै मान्छेहरुले विश्वास गरेरको कुरालाई ठाडै नकार्नु पनि सकिन्न। त्यस्तै यहाँ बेन्गेलिया पाण्डबा गुश्टेरोबा अर्थात् बाबा बेङ्गाले गरेको भविष्यवाणीको बारेमा उल्लेख गर्न खोजिएको छ, जो मिल्न गएको छ।
३ अक्टुबर १९११ को दिन जन्मेर ११ अगस्ट १९९६ मा निधन भएकी बाबा बेङ्गा जन्मजात दृष्टिविहीन थिइन् तर उनले गरेको धेरै भविष्यवाणीहरु कालान्तरमा गएर सत्य साबित भए। जीवनको अधिकांश समय आफ्नो पति डिमिटार गुश्टेरोबासँग बुल्गेरियाको दुर्गम पहाडी क्षेत्रमा बिताएकी बाबा बेङ्गा मागेर खाने गर्थिन्।
उनले सन् २०२२ मा अष्ट्रेलियाको विभिन्न भागहरुमा पानीको बहाबले बाढी पहिरो आएर जनधनको ठुलो क्षति हुने र युरोपको कुनै देशमा पानीको अभावको कारण सुखा हुने भविष्यवाणी गरेकी थिइन्, जो सत्य साबित भएको छ। यो वर्षको सुरुमै अष्ट्रेलियामा बढी र पोर्चुगलमा सुखा पर्न गएर धनजनको क्षति भएको छ।
उनले गरेको भविष्यवाणी मध्य सोभियत संघको विघठन, बेलायत कि राजकुमारी डायनाको अकाल मृत्यु, सन् २००४ मा थाइल्याण्डमा आएको सुनामी र चेर्नोबिल दुर्घटना र बराक ओबामा अमेरिकी राष्ट्रपति हुने प्रमुख छन्। यसको साथै सन् २०१९ मा एसियाको कुनै देशबाट घातक बिमारीको सुरुवात हुनेछ भन्ने भविष्यवाणी गरेकी थिइन् जो कोरोनाको नामबाट सत्य साबित भएको छ।
त्यस्तै उनले सन् २००१ मा अमेरिकामा दुई फलामको चरा एउटा घरमा ठोक्किने छ भन्ने भविष्यवाणी पनि गरेकी थिइन् जो सत्य साबित भएर 'नाइन इलेभन' नामले चर्चित छ। त्यस्तै उनले सन् २०२५ सम्ममा संसारको नक्साबाट युरोप नामको महादेश नै नहुने भविष्यवाणी पनि गरेकी छिन, यो कुरा पुग्छ कि पुग्दैन त्यो भने समयले बताउला।
उनले सन् ५०७९ मा संसार ध्वस्त हुने भविष्यवाणी पनि गरेकी छिन।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया