जीम प्रेमीहरूकाे सारथी बन्दै ग्रीन विस् फिटनेस् हब (भिडियाे)

मदन नेपाली

काठमाडौं

हिजाे-आज जीमप्रति युवा–युवतीकाे आकर्षण बढ्दाे छ। स्वस्थ जीवनकाे लागि हाेस् वा शरीर सुगठित बनाउनकाे लागि हाेस् जीम सेन्टर धाउने मानिसहरूकाे भीड बढ्दाे छ। विशेषगरी सहरमा व्यस्त जीवन बिताइरहेका मानिसहरू स्वास्थ्यकाे लागि जीम गर्छन्, भने शरीरलाई सुगठित बनाउने उद्देश्यले जीम जाने युवा–युवतीकाे धुँइचाे पनि उक्तिकै छ।

विज्ञान र प्रविधिकाे बढ्दाे विकाससँगै मानिसले पनि आफ्नाे साैन्दर्यता र शारिरिक रूपमा नयाँपन खाेजीरहेकाे छ। अरूलाई आफूप्रति आकर्षित गर्नकाे लागि मानिसले विभिन्न उपायहरू अपनाइरहेका छन्, जसमध्ये जीम गरेर शरीरलाई लाेभलाग्दाे बनाउनु पनि हाे।

‘मैले स्वास्थ्य राम्रो होस् भनेर जीम गरेको हो। किनभने अहिलेको बेलामा स्वास्थ्यमा ध्यान राख्न धेरै जरुरी छ। हामी २४ सैं घण्टा काममा हिँडिरहेका हुन्छौँ तर हामीसँग केही वर्कआउट छैन, के खाने भन्ने हामीसँग ज्ञान छैन, त्यसैले फिटनेसको लागि समय दियौँ भने हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ, काम गर्दा पनि थकान हुँदैन,’ काठमाडाैँकाे कपनमा रहेकाे ग्रीन विस् फिटनेस् हबमा लामाे समयदेखि जीम गर्दै आइरहेका अमित चक्रवतीले आफ्नाे जीम अनुभव सुनाए।

अमितजस्तै स्वास्थ्यलाई ध्यानमा राखेर ग्रीन विसमा दैनिक सयाैँ मानिसहरू जीम गर्ने आउँछन्। यहाँ आउने अधिकांश मानिसहरू आफ्नाे स्वास्थ्यप्रति निक्कै सचेत छन्। उनीहरू स्वस्थ जीवनकाे लागि जीम गर्ने बताउँछन्। ‘मैले जीम जाेइन गरेकाे लगभग ३ वर्ष भयाे। मैले चाहिँ मेराे फिटनेसलाई लिएर जीम गरेकाे, ओभरल मैले राम्रै अनुभव गरेकाे छु। आफैमा धेरै चेन्ज पाएकाे छु,’ यहाँ जीम गर्ने निरज तामाङले भने।

जीम गरेपछि आफ्नाे शरीरमा देखिएकाे परिवर्तनबाट उनीहरू दङ्ग छन्। ‘जीम गरेपछि मैले आफूमा धेरै परिवर्तन पाएकाे छु, पहिला त म धेरै पातलाे थिएँ, बस्दा पनि ढाडकाे हड्डी देखिन्थ्याे तर अहिले त मेराे बडीले धेरै ग्राेथ गरेकाे छ। पहिलाकाे ५५ केजीकाे म अहिले ८१ केजीकाे भएकाे छु। जीम सँगै खानपिनमा पनि ध्यान दिन्छु, एकदम ह्यप्पी छु,’ अमितले बिएल नेपाली सेवासँग भने।

वि.सं.२०७१ सालदेखि काठमाडाैँकाे कपनमा ग्रीन विस् फिटनेस् हब सञ्चालनमा छ। यसले नेपालमा नयाँ–नयाँ प्रविधि भित्र्याएर नेपालीहरूकाे जीमकाे अभ्यास गराइरहेकाे छ। यहाँ दैनिक सयाैँ मानिसले जीम गर्छन्। यसका सञ्चालक राम बस्नेत आफैंमा जीमप्रमी हुन्।

‘म आफैं जीमप्रमि हाे। मैले नै जीम नगरी बस्नै सक्दिनँ। त्यसमाथि अहिले नेपालमा जीमकाे फेसन अत्याधिक बढ्दाे छ,’ बस्नेतले बिएल नेपाली सेवासँग भने,‘अहिलेकाे समयमा फिटनेस् एकदमै अनिवार्य भइसकाे छ। अहिले त डाक्टरले नै जीम सेन्टरमा मानिसहरूले पठाउने गर्छन्, त्यसैले जीम अत्यावश्क कुरा हाे।’

मानिसहरूले लामाे समयसम्म अफिसमा काम गर्दा व्यायम नपुग्ने भएकाेले शरीर चलायमान गर्नकाे लागि फिटनेस अनिर्वय भएकाे उनी बताउँछन्। ‘लामाे समय एकै ठाउँमा बसेर काम गर्दा मसल्सहरू पनि जाम हुने जाेर्नीहरू पनि जाम हुने भएकाेले एक्सरसाइज अनिवार्य छ,’ बस्नेतले सुनाए।

त्यस्तै जीम गरेर शरीर बिग्रन्छ भन्नु गलत भएकाे पनि उनी बताउँछन्। ‘जीम गरेर शरीर बिग्रिन्छ भन्ने मानिसहरू अल्छी हुन्, किनभने एक्सरसाइजले कहिले पनि शरीर बिग्रदैन्, एक्सरसाइज पनि पार्टस् अफ फाइफ हाे,’ बस्नेतले भने।

ग्रीन विस् फिटनेस् हब र जीम सम्बन्धी जानकारीकाे लागि ९८४२०५१७२३ मा सम्पर्क गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-07-22 05:00:00

प्रतिकृया दिनुहोस्