प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

Photo: Agency
Photo: Agency

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए।

प्रकाशित मिति: : 2022-08-08 18:26:00

प्रतिकृया दिनुहोस्