प्रतिस्णा रेग्मी
साेमबार राति काठमाडौँबाट फोहोर बोकेर नुवाकाेटकाे बन्चरेडाँडा पुगेका १५ वटा गाडीकाे ताेडफाेडमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूकाे संलग्नता भएकाे पाइएकाे छ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा राेकिरहेका गाडीहरूकाे ताेडफाेटमा काँग्रेस र माओवादी कार्यकर्ता रहेकाे काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहका सहयाेगी सुनिल लम्सालले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘उपत्यकाबाट फोहोर दैनिक जस्तो लागिरहेका हुन्छाैँ तर हिजो (साेमबार)को तोडफोडबाट हामी पनि एकछिन स्तबन्ध भयौँ।
यो तोडफोडमा बन्चरेडाँडा तथा सिसडोलवासीहरुको हात छैन्,’ लम्सालले भने,‘हिजो फोहोरकाे गाडी तोडफोडमा त्यहाँकै कांग्रेस र माओवादीका दुई नेताको ठूलो हात छ।’ बालेन शाहले गरेकाे राम्राे कामहरू बिगार्ने मनाशायले उनीहरूले गाडी ताेडफाेड गरेकाे लम्सालकाे आराेप छ। उनले ताेडफाेडमा २८ जना मानिसहरूकाे संलग्नता रहेकाे बताए।
उनकाअनुसार त्यसमध्ये चार जना स्थानीयवासी हुन्। ‘उनीहरूले मेयर बालेन शाहकाे छबि नराम्राे बनाउन र मेयरका कामलाई सफल हुन नदिन ताेडफाेड गरेका हुन्। उनीहरूलाई महानगरपालिकाले तत्काल कारबाही गरी क्षतिपूर्ति तिर्न लगाउँछ,’ लम्सालले भने। काठमाडाैँबाट फाेहाेर बाेकेर साेमबार राति बन्चरेडाँडामा पुगेका १५ टिपर, दुई वटा लाेडर र एउटा स्काभेटरकाे ताेडफाेड गरिएकाे थियाे।
फाेहाेर व्यवस्थापनकाे विषयलाई लिएर काठमाडाैँ महानगरपालिका र नुवाकाेटकाे ककनी गाउँपालिकाका स्थानीबीच लामाे समयदेखि विवाद जारी छ। बन्चरेडाँडामा काठमाडाैँकाे फाेहाेर व्यवस्थापन गर्न नदिने मनसायले घटना घटाइएकाे हुन सक्ने आशंका गरिएकाे छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया