भक्तपुरमा बाढीकाे वितण्डा, स्थानीय भन्छन्– मनाेहराले सर्वस्व बगायाे (फाेटाे/भिडियाे)

काठमाडाैँमा मंगलबार राति परेको पानीका कारण बागमती नदी र सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढेको छ। पानीको बहाव बढेसँगै भक्तपुरस्थित मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा डुबानमा परेका छन्।

मंगलबार राति आएको बाढीले भक्तपुरको मनहरा खोल वरपर रहेका १०० बढी घरहरु विस्थापित भएका छन्। कागेश्वरी मनाेहरा– ६ स्थित मुलपानी बस्तीहरुमा बाढीका कारण घरहरु विस्थापित भएका छन् भने लाखौँ रुपैयाँको क्षति भएको छ। बाढीकै कारण उनीहरुको बस्ने बाँस, गरी खाने काम खोसिएको छ।

मुलपानी– ६ मनाेहरास्थित स्थायी घर भएका आकाश तामाङ विगत केही वर्षदेखि किराना पसल चलाउँदै आइरहेका छन्। हिजो भएको वर्षाकै कारण उनकाे लाखाैँको बराबरकाे नोक्सान व्यहोरेका छन्। उनी हिजो राति परेको पानीले आफ्ना सबै सपनाहरु तहसनहस पारेकाे बताउँछन्।

‘अरु वर्ष पनि पानी त परेकै हो तर हिजो परेको पानीले मेरो सबै सपनालाई उडायो। हिजोको जस्तो पानी त अरुबेला परेको मलाई थाहा छैन। हिजो परेको पानीले मेरो सबैथोक बगायो। पसलमा भएका सबै सामानहरु भिजेको छ। मैले अब कसरी पसल खोल्ने,’ तामाङले भने,‘गरिखाने त्यही एउटा पसल थियो, त्यो बाढी लगिदियाे।’

त्यस्तै सोही ठाउँका स्थानीय हुन्, रामजी खड्का। उनी पेशले कुषक हुन हिजो आएको भीषण पानीले उनको सबै खेतीबारीमा ठुलो क्षति पुर्‍यायो। ‘मेरो खोल नजिक भएको बारी सबै बग्याे। भर्खरै मात्र मेलै बारीमा साग, सिमी, बोडीजस्ता तरकारीहरु रोपेको थिएँ,’ उनले भने,‘म यही ठाउँको पुरानो मानिस हो यो क्षति ४० वर्ष यताको ठुलो क्षाति हो।’ उनले आफ्नाे १ लाख बढी क्षति भएकाे बताए।

त्यस्तै मंगलबार रातिकाे बाढीबाट प्रभावित भएकी मीरा तामाङले पनि बाढीले बाढीले धेरै दु:ख दिएकाे बताइन्। ‘हिजो रातिको पानी र खोलमा आएको बाढी देखेर मलाई हामी बाच्छौँ जस्तै लागेको थिएन। बाहिर आएर हेर्‍याे चारैतिर जलमगन थियो,’ उनले भनिन्। उनले आफ्नाेभन्दा पनि बालबच्चाहरूलाई राख्ने भन्ने चिन्ता रहेकाे बताइन्।

मंगलबारकाे भीषण पानी र बाढीका कारणले विशेषगरी सुकुबासीहरुलाई विस्थापित गरेको छ। उनीहरु बस्ने टहरा तथा गाईवस्तुको लागि बनाएको गोठ पनि हिजोको बाढीले बगाएर लगेको छ। यति मात्र हाेइन यहाँ बनाएका पुल र मानिसले खेतबारीमा लगानी गरेको धेरै पैसाका ठूलो क्षति पुगेको छ।

‘हिजो पानी परेपछि बाढी आएको थाहा पाएँ, म राति १२ बजे नै उक्त ठाउँमा पुगेँ र त्यहाँको स्थितको अवलोकन गरेँ,’ कागेश्वरी मनहरा– ६ का वडा अध्यक्ष प्रकाश फुयालले भने,‘आज बिहान पनि म पाचँ बजेदेखि नै पटक–पटक उक्त ठाउँमा गएर उद्दार गरिरहेकाे छ।’

प्रकाशित मिति: : 2022-08-10 20:07:00

प्रतिकृया दिनुहोस्