पिपल्स क्याम्पसको तीनदिने अनुगमन समापन 

काठमाडौंस्थित पक्नाजोलको पिपल्स क्याम्पसमा भएको तीनदिने अनुगमन सम्पन्न भएको छ।

बुधबारदेखि क्याम्पस पुगेको उच्च शिक्षा गुणस्तर असुरेन्श र एर्क्येडिटेशन काउन्सिल टोलीले आज अनुगमन समापन गरेको हो।

अनुगमन टोलीका प्रमुख प्रोफेसर डा शंकर थापाका अनुसार अनुगमन सफलताका साथ समापन भएको छ।

‘पिपल्स क्याम्पस इतिहास बोकेको क्याम्पसमध्ये एक हो’ उनले बिएल नेपाली सेवासँग भने, ‘हामीले गरेको अनुसन्धान विश्वव्यापी सिस्टम हो, यो नेपालमा मात्र नभई अन्य मुलुकहरुमा लागू छ।’

पिपल्स क्याम्पसमा भएको अनुगमनमा कलेजको गुणस्तरीय शिक्षा र कलेजका सरोकार वालाहरुसगँ छलफल भएको उनले बताए।

‘हामीले कलेजका शिक्षकलगायत विद्यार्थीहरुसँग कुराकानी गर्यौँ’ उनले भने, ‘कलेजलाई दिनुपर्ने सुझावहरु समेत दिएका छौँ।’

त्यसैगरी अनुगमनको पहिलो दिन विभिन्न विषयका सदस्यहरुलगायत कम्प्यूटर  ल्याब र लाईब्रेरीको बारेमा अध्ययन गरिएको थियो भने दोस्रो दिन विद्यार्थीहरुको कलेजप्रति सन्तुष्टि र आफूलाई कलजेले दिएको साथबारे अध्ययन गरिएको थियो।

छोटो समयमा अनुगमन टोलीले राम्रो सुझाव दिएको पिपल्स क्याम्पसका प्रमुख मनोज बहादुर कुँवरले बताए। ‘उहाँहरुले दिनुभएको सुझाव एकदमै राम्रो छ, हामी त्यसैअनुसार अगाडि बढ्ने छौँ’ उनले भने। 


 

प्रकाशित मिति: : 2022-08-26 16:34:00

प्रतिकृया दिनुहोस्