फाेन पे : विद्युतीय काराेबारकाे उत्कृष्ट माध्यम

BreaknLinks
BreaknLinks

विज्ञान र प्रविधिकाे विकासले मानव जीवनकाे लागि दिनानुदिन नयाँ-नयाँ कुराहरूकाे संयाेजन गरिरहेका छन्। ती मध्ये संसारमा विकास भएका अनेकाैँ प्रविधि मानिसकाे लागि अनिवार्य बन्दै गइरहेका छन्। जसमध्ये एक हाे, विद्युतीय कारोबार। जसलाई विनिमयकाे सबैभन्दा पछिल्लाे उत्कृष्ट माध्यमका रूपमा लिइन्छ।

कुनै जमानमा वस्तु किनमेल तथा आर्थिक काराेबारकाे लागि झाेलाभरि पैसा बाेकेर हिँड्नु पर्ने बाध्यता थियाे। जुन जटिल र असुरक्षित कार्य हाे। जसलाई सहज र सुरक्षित बनाउन संसारमा विद्युतीय काराेबार प्रचलनमा छ। विश्वमा निक्कै पहिलादेखि प्रचलित याे प्रणाली पछिल्ला दिनहरूमा नेपालमा पनि लाेकप्रिय बन्दै गइरहेकाे छ। जसकाे उदाहरण हाे, फाेन पे।

फाेन पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फाेन पेलाई नेपालमा विद्युतीय भुक्तानी प्रणालीकाे सबैभन्दा उत्कृष्ट माध्यमका रूपमा लिइन्छ। जसबाट सहज, सरल र सुक्षित रूपमा आर्थिक काराेबार गर्न सकिन्छ। सानाे ठुलाे सबै काराेबार यस माध्यमबाट सहजै गर्न सकिने भएकाेले याे पछिल्लाे समय निक्कै नै लाेकप्रिय बन्दै गएकाे छ।

फाेन पेले उपभोक्ता, बैंकिङ, वित्तीय संस्था र व्यापारीहरूलाई मोबाइल/डिजिटल भुक्तानीहरू सहज बनाउन अन्तरसञ्चालित नेटवर्कमा जोड्दछ। फोन पे जारीकर्ता बैंकको मोबाइल/इन्टरनेट बैंकिङ प्रणालीहरूसँग एकीकृत हुन्छ, जसले सबै लेनदेनहरू अवस्थित बैंक खाताहरूबाट उत्पन्न भएको र यी बैंकिङ च्यानलहरूद्वारा सुरक्षित छन् भनी बुझाउँछ।

यसकाे नेटवर्कमा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने दुई लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड २५ लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

सहज र सरल

त्यसाे त नेपालमा डिजिटल काराेबारका लागि अन्य माध्यमहरू पनि छन्। तर, सहज र सरल भएकाेले अधिकांश नेपालीकाे मनमा बस्न सफल छ, फाेन पे। अधिकभन्दा अधिक बैंककाे काराेबार एउटै एप्सबाट गर्न सकिने भएकाेले याे सबैकाे रूचिमा परेकाे हाे भने क्यूआर काेडकाे प्रयाेगले काराेबारमा सहजता प्रदान गरेकाे छ। फाेन पेकाे यही विशेषताका कारण आफूहरू सन्तुष्ट रहेकाे प्रयाेगकर्ताहरू बताउँछन्।

‘फोन पेको सेवाले हामीलाई सजिलो बनाएको छ। पैसा समयमा नै आफ्नो खातामा आएको थाहा पनि हुन्छ। पैसा लिएर बैंकमा जान पर्दैन। हामी यसको सेवाबाट सन्तुष्ट पनि छौं,’ श्रीधर रेग्मीले बिएल नेपाली सेवासँग भने।

त्यस्तै अर्का प्रयाेगकर्ता आशिका केसीले पनि यसले जीवनमा धेरै सहजता प्रदान गरेकाे बताउँछिन्। ‘फोन पेको सेवा आएदेखि साथमा पैसा नभए पनि सामान किन्न सक्ने भएका छौं। पैसा हराउनेदेखि लिएर कसैले चोरी दिन्छ कि भन्ने डर नि छैन। सजिलोसँग आफ्नो फोनबाट तिर्न पनि सकिने। फोनपेले हामीलाई निकै सजिलो बनाएको छ,’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-09-18 18:38:00

प्रतिकृया दिनुहोस्