सन्तोष न्यौपाने
                                गैरआवासिय नेपाली संघ बेल्जियमले गत वर्षको सेप्टेम्बरमा ८० जनालाई निमन्त्रणा गरेर बेल्जियम ल्याउन लागेको खबर गलत भएको बताएको छ। संघले आफूहरूलाई १३ जनाको मात्र नामावली प्राप्त भएको तर कुनै पनि निमन्त्रणा र स्पोन्सर पत्र नपठाएको पनि प्रष्ट पारेको छ।
केही दिनअघि बिएल नेपाली सेवामा प्रकाशित समाचारपछि गत वर्ष संघले ८० जनालाई निमन्त्रणा गरेको भन्दै सूचना दिएका थिए। तर, उनीहरूले गत वर्ष सो संख्यामा नेपालदेखि आउन लागेता पनि दूतावासले भिसा नदिँदा कोही पनि आउन नसकेको खुलासा गरेका छन्।
स्रोतकाअनुसार क्याप्टेन विजय लामा, पत्रकार ऋषि धमलासहित दर्जन बढीलाई निमन्त्रणा गरेपनि जर्मन दूतावासले भिषा नदिएपछि फ्रान्स दूतावास पुगे। तर त्यहाँबाट पनि भिसा पाएनन्। यो खबर त्यतिबेला नै चर्चाकाे विषय बनेकाे थियाे। यसबारेमा पत्रकार ऋषि धमलासँग बुझ्दा उनले युरोपमा हुने कार्यक्रममा बोलाएको तर आफू नगएको बताएका छन्।
हामीले गैरआवासिय नेपाली संघ बेल्जियमलाई इमेल लेखेर यसबारे आवश्यक सूचना उपलब्ध गराइदिन भनेका थियौँ– संघका अध्यक्ष खड्ग केसीको जवाफ जस्ताको त्यस्तैः
उनी इमेलमा लेख्छन्, 'गैरआवसीय नेपाली संघ बेल्जियमलाई विभिन्न विषयमा सहयोगको लागी अनुरोध आउनु सामान्य कुरा हो र त्यसै क्रममा नेपालबाट सन्जिब भट्टराई नाम गरेको ब्यक्तिले हाम्रो उपाध्यक्ष शुशीला खतिवडालाई राम्रोसगँ चिन्छु र उहाँको बहिनी पनि पत्रकार हो भनेर मसगँ र शुशीला मेडमसगँ कुरा गर्नुभएको मलाई स्मरण छ। उहाँको भनाइअनुसार हामी फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रियस्तरको एउटा कार्यक्रमको आयोजना गर्दैछौँ। तपाईहरूले केही पनि गर्नुपर्दैन हामी सबै आफै मिलाउने हो, युरोपका केही एनआरएनए एनसीसीहरूलाई 'को होस्ट'मा राख्न चाहन्छौँ, त्यसैले एनआरएनए बेल्जियम 'को होस्ट'को रूपपा बसेर सहयोग गरिदिनु पर्यो भनेर अनुरोध गर्नुभएको थियो। त्यपछि मैले कार्यक्रम कुन कम्पनीले गर्न लागेको हो र को–को कलाकारहरू आउने हुन्? पहिला हामीलाई इमेलमार्फत जानकारी गराउनु अनि हामी कार्यसमितिमा छलफल गरेर बस्ने या नबस्ने जानकारी गराउने छौँ भनेर जवाफ दिएको थिए। त्यसपछि कार्यसमितिमा छलफल गरी अन्य नेपालका प्राय सबै कलाकारहरूलाई चिन्नुहुने मित्रहरूसँग कुरा बुझ्दा उहाँहरूको उदेश्य गलत भएको हुन सक्ने सम्भावनाजस्तो जानकारी प्राप्त भएपछि हामीले 'को होस्ट'मा नबस्ने निर्णय गरेर सम्पर्क बन्द गरेका थियौँ। ब्रेकएनलिंक्स लाई प्राप्त सुचनामा ८० जना भनिए पनि हामीलाई १३ जनाको मात्र नामावली प्राप्त भएको थियो। तर गैरआवसीय नेपाली संघ बेल्जियमले कुनैपनि निमन्त्रणा र स्पोन्सर–पत्र नपठाएको जानकारी गराउन चहान्छु। साथै हामी यस्ता बिषयहरूमा सचेत भएर काम गरिरहेको ब्यहोरा पनि जानकारी गराउन चहान्छु।'
संघका अध्यक्ष केसीले दिएको जानकारीअनुसार त्यसरी अनुरोध गर्नेमा मिडिया हेराल्ड नेपालका सञ्जिव भट्टराई रहेका छन्। प्राप्त कागजपत्र हेर्दा युरोप टुरका कार्यक्रम संयोजक हुन्, उनी। उनको कार्यक्रम सूची र उक्त समूहमा आउन लागेका व्यक्तिहरूको सूची तल हेर्नुहोस्।
यो विषयमा काठमाण्डौंस्थित जर्मन दूतावासले डाटा सुरक्षाको कारणले गर्दा आवेदकहरू वा भिसा आवेदन सम्बन्धी कुनै तथ्याङ्क डेटाको बारेमा जानकारी दिन नसक्ने जवाफ पठाएको छ।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया