बिएल संवाददाता
१६ वर्षीय निमा रिन्जी शेर्पा मनास्लु हिमालको (८१६३ मी.) आरोहण गर्ने विश्कै कान्छो आरोही बनेका छन्।
उनले आज विहान ९:२० मा मनास्लु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम राखेका हुन्।
शेर्पा मनास्लु हिमालको रियल समिट पुगेर विश्वकै कान्छो व्यक्ति बनेर किर्तिमान राखेको आधार शिविरमा रहेका पर्यटन विभागका अधिकारीले पुष्टि गरेको छन्। उनी कीर्तिमानी आरोही टाशी लाक्पा शेर्पाका कान्छो छोरा हुन्।

उनी जापनीज आरोही नाओको वातानाबे, इरानी अहमद एम. सालेहलगायत तेन्जिङ शेर्पा, पेम्बा थिन्दुक शेर्पा, मनिष महर्जन, नुरबु शेर्पा, लाक्पा शेर्पा, समद बाबाजादेह अनारी, रिदार भोटे र पासाङ भोटेले शुक्रबार विहान मनास्लु आरोहण गरेको सेभेन समिटका एक ट्रेकले बताएका छन्।
सोमबार मनास्लुमा हिमपहिरोमा परी एक जनाको मृत्युभएको छ भने करिब दुई दर्जन आरोही घाइते भएका छन्। उनीहरूलाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ।
त्यसैगरी, प्रख्यात ४९ वर्षिया अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण पश्चात स्कीइङ गरेर ओर्लिदै गर्दा हिमालको खोचमा दुर्घटना भएर मृत्युभएकाे थिए।
बुधबार मात्रै उनको शव पहाडको दक्षिणी भागमा फेला परेको थियो। शरदयाम मनास्लु आरोहणको लागी ३८ टोलीको ४०४ जना अरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया