म चुनाव जित्ने कुरामा ढुक्क छु : रमेश खरेल (भिडियोसहित)

नेपाल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्य तर्फ आमा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका रमेशप्रसाद खरेल घरदैलो गर्नमा व्यस्त छन्।

शुक्रबार काठमाडौंको शान्ति नगर हुँदै उनी राष्ट्रियता, सुशासन, समृद्धि र नेपालवादको आधार लिएर मतदाताको घरघरमा पुगिरेहका छन्।

देशमा भएको लुटतन्त्र भष्टाचार र क्षेत्र न १ को विकास र समस्याको समाधानका लागि आफूले उम्मेदवारी दिएको उनले बताए।

‘अहिलेसम्म देश चलाउनेहरुले लुटतन्त्र मात्र मच्चाए भष्टाचार गरे, अझैसम्म राजधानी जस्तो ठाउँमा खानेपानीको व्यवस्था छैन, मेलम्चीको गफ दिँदै पटकपटक निर्वाचन जितिरहेका छन्। तर अब निर्वाचन जितेर काठमान्डौ १ लाइ खानेपानी खुवाउछु भने विकासका कुरामा समेत क्षेत्र न १ धेरै पछि परेको देखिन्छ। यो सबैकुराको अन्तय गर्न मेरो उम्मेरदवारी हो’ उनले बिएल नेपाली सेवासँग भने, ‘मैले जित्छु भन्ने कुरामा कुनै शंका छैन, ५ गत्ते नै लड्डु लिएर मेरो घरमा विजय जुलुसका लागि आउनुस् निमन्त्रना छ।’

नेपाली कांग्रेस उम्मेदवार प्रकाशमा सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र र राष्ट्रिय स्तन्त्र पार्टीका पुकार बम लगायतसँग  प्रतिस्पर्धामा रहेका खरेलले घरदैलो कार्यक्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

‘राष्ट्रियता, सुसासन बाँस,गाँस, कपास, शिक्षा स्वाथ्य, सुरक्षा र रोजगार सुशासन, उत्पादन मेरो मुख्य एजेण्डा हुन् त्यसैले यो कुरा पूरा गर्ने छु। तपाईहरुले आमा चुनाव चिन्हमा मतदान गर्नुस्।’

उनको प्रदेश तर्फ क्षेत्र १ को  ‘क’ मा सम्राट सापकोटा र ‘ख’ तर्फ अञ्जना शाहीको उम्मेरदवारी रहेको छ। त्यस्तै घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेरदवार सम्राट सापकोटाले संघीय प्रणाली खारेज र प्रदेश नै खारेजका लागि उम्मेरदवारी दिएको बताएका छन्। 

उनले भने ‘देशमा हजारौँ संसद र सयौँ मन्त्री पाल्न सकिदैँन जनताले महङ्गी खेप्न सकेनन् नेता पाल्ने यो प्रदेश संरचना खारेजमा आवाज बुलद गर्न र क्षेत्र न १ को ‘क’ को विकासको लागि मेरो उम्मेरदवारी हो।’

प्रकाशित मिति: : 2022-11-04 18:28:00

प्रतिकृया दिनुहोस्