वाम लोकतान्त्रिक गठबन्धनले गर्‍यो प्युठान काठमाडौं निर्वाचन परिचालन समिति गठन

वाम लोकतान्त्रिक गठबन्धन प्युठान काठमाडौं सम्पर्क मञ्जले अधिवत्ता पदम रोकाको संयोजकमा ५०५ जनाको निर्वाचन परिचालन समिति गठन गरेको छ। 

शनिवार काठमाडौंको बागबजारमा संयुक्त प्युठान काठमाडौं संम्पर्क मञ्जले संयुक्त भेटघाट कार्यक्रम आयोजना गरेर परिचालन समिति गठन गरेको हो।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिवले विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि प्युठानबाट काठमाडौं आएर बस्ने सम्पूर्ण प्युठानीहरूले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई राष्ट्रियता, गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनु पर्ने बताएएका थिए।

'प्युठानमा जन्मिए पनि काठमाडौं बस्दै आउनुभएको छ। प्युठानमा विकासको चिन्ता तपाईं हामी सबैले गर्नुपर्ने भएकाले साझा गठबन्धनका नेताहरूलाई जिताउनु आवश्यक छ। हिजोको दिनहरूमा आफ्नो  विचारमा थियौँ अब गठबन्धनलाई जिताउनु आवश्यक छ।' उनले भने, 'गठबन्धन भनेको लेन डेनको क्रियाकलाप हो, अहिलेको गठबन्धन भनेको लोकतन्त्र र गणतन्त्रको बचाउनका लागि हो। संविधान  राष्ट्रियता, गणतन्त्र,  र धर्मनिरपेक्षताको रक्षाका लागि एमालेलाई निर्वाचनबाट हराउनु पर्छ।'

त्यस्तै उक्त कार्यक्रममा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले गठबन्धन राष्ट्रिय एजेण्डाले मिलेको कारण प्युठानका उम्मेदवारलाई अग्रीम सफल कार्यकालको घोषणा समेत गरेका थिए।

'विचारको लडाई थियोे तर उनी चरम व्यक्तिवादीतिर लागे, आफूलाई राष्ट्रवादी नेता हुँ भन्दै केपी ओली हिडिरहेका छन्। ओलीले संसद विघटन आफ्नो स्वार्थका लागि गरेका हुन् तर हाम्रो एजेण्डा, संसद संविधान र राष्ट्रियता निम्ति हाम्रो गठबन्धन भएको हो। त्यसैले एमालेका उम्मेदवारलाई हराउनुपर्छ, प्युठान लगायत देशभर गठबन्धन उम्मेदवार विजयी बनाउनुपर्छ। गठबन्धनका उम्मेदवारहरूलाई जितसंगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु' उनले भने, हाम्रो राजनैतिक दृष्टिकोण विचार फरक होला कम्युनिष्ट र नेपाली कांग्रेस को तर अहिले यो संन्दर्भमा एजेन्डा ठिक छ र हामी मिल्यौँ गठबन्धन गर्यौँ।'

प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनको विकल्प अर्को उम्मेदवार नभएकाले जसरी हुन्छ जिताउन पर्ने आवश्यक भएको प्रगतिशील लेखक संघका उपाध्यक्ष समिर सिंहले बताए। 

उनले भने,  'नेकपा एमालेले देशमा प्रतिगमन निम्त्याएकोले अझ राजावादीसंग समेत सात गाँठ गरेकोले अब प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ।' 

त्यसैगरी सो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका शीर्ष नेता कार्यकर्ताको विशेष उपस्थित रहेको थियो।

 

प्रकाशित मिति: : 2022-11-05 19:09:00

प्रतिकृया दिनुहोस्