राजनीतिक यात्राका अविराम 'अमरसिंह'

BreaknLinks
BreaknLinks

रोल्पा प्रदेशसभा ‘ख’ का उम्मेदवार हुन्, अमरसिंह पुन। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिसमेत रहेका उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेका छन्।

तीन दशकदेखि नेपाली राजनीतिकाे रंगमञ्चमा देखिएका पुन प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर काेइराला र महामन्त्री गगन थापाकाे सल्लाहमा चुनावी मैदानमा उत्रिएका हुन्। राजनीतिसँगै सामाजसेवामा पनि उत्तिकै लोकप्रिय छन्, उनी।

२०२७ सालमा रोल्पामा जन्मिएका उनी पिता वीरबहादुर पुन र माता नन्दु पुनको जेठो सन्तान हुन्। अब्बल राजनैतिक चेत भएको परिवारमा हुर्किएका उनी सानैदेखि निडर स्वभावका मानिन्छन्।

राजनीतिक पृष्ठभूमि भएकै कारण उनको रुचि राजनीतिमा थियो। मध्यम परिवारमा हुर्किएका पुन गाउँबाट प्राथमिक तहको शिक्षा पूरा गरेर भारत पुगे। १८ वर्षको कलिलाे उमेरमा भारत गएका उनले हाई स्कुल तहको अध्ययन उतै पूरा गरे। भारतको पढाइ सक्काएर स्वदेश फर्किएका उनी पुनकालीन राजनीतिमा लागेकाे पुननिकट नेताहरू बताउँछन्।

अमरसिंह पुनको राजनीतिक यात्रा

राजनीतिमा लागेपछि उनी सामाजिक कार्यमा सहभागी हुन थाले। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सरिक भई बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गरे।

वि.स. २०४८, २०५१ र २०५६ को आमनिर्वाचन तथा २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा पुनले नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी गराए। २०५२ फागुन १ बाट सुरु भएको माओवादी हिंसाको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि २०५६ सालदेखि नेपालगञ्जमा बस्न थाले।

२०५८ सालपछि नेपालगञ्ज क्षेत्रमा पनि द्वन्द्वको प्रभाव बद्ढै गयो। माओवादीले उनीमाथि पटकपटक मानसिक यातनाका साथै भौतिक आक्रमणको धम्की दियो। द्वन्द्वमा माओवादी नेता-कार्यकर्ताले पुनको भौतिक सम्पत्ति लुटपाट पनि गरे। माओवादीबाट आफूमाथि हुन सक्ने सम्भावित आक्रमणका कारण उनी स्थानीय प्रशासनको सल्लाहमा काठमाडौं गए।

०००

२०६२/०६३ को दोस्रो जनआन्दोनमा महत्वपूर्ण सहभागिता जनाएका उनी प्रहरी दमनबाट घाइते हुनुको साथै पटकपटक पक्राउ पनि परे। नेपाली कांग्रेस राेल्पाको क्षेत्रीय सचिव पदमा निर्वाचित भएर पार्टीकाे औपचारिक जिम्मेवारी सम्हालेका उनी नेपाली कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बने।

उनी महाधिवेशन प्रतिनिधि बनेपछि पछाडि फर्किएर हेर्नुपरेकाे छैन। नेपाली कांग्रेसको विभिन्न समितिमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै गर्दै आइरहेका छन्। २०६२ सालमा भएको नेपाली कांग्रेस रोल्पाको ११औं जिल्ला अधिवेशनबाट उनी कोषाध्यक्ष पदमा निर्वाचित भए। 

२०७२ सालमा सम्पन्न नेपाली कांग्रेस रोल्पाको १३औं अधिवेशनबाट उनी सभापति पदमा निर्वाचित हुनुका साथै २०७० सालमा दोस्रो संविधानसभा सदस्य बने।

कोइराला परिवारसँग निकट मानिने उम्मेदवार पुन तत्कालीन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको विशेष योजनाकार मानिन्थे। कोइरालाका विश्वास पात्र उनी राजनीति, कुटनीतिलगायत अन्य दैनिक कार्य सञ्चलानमा कोइरालाको निकट रहेर सहयोग गर्थे।

०००

उनले संविधान निर्माणको क्रममा सार्वजानिक सुनुवाई विशेष समितिको सदस्य तथा प्रतिनिधिसभा विकास समितिको सदस्य भएर पनि काम गरिसकेका छन्।

नेपाली कांग्रेस विधान मस्यौदा समितिको सदस्य भई जिम्मेवारी निर्वाह गरेका कारण उनी कांग्रेसको विधान समावेशी र थप जनमुखी बन्न सकेका हुन्।

'हिमाल हाम्रो शिर, पहाड हाम्रो छाती, तराई हाम्रो पाइला' भन्ने भावनाबाट ओतप्रोत पुनको राष्टिय अखण्डताको पक्षमा दर्विलो अडान छ। रोल्पा–प्युठानलाई लुम्बिनी प्रदेशबाट छुट्याएर गण्डकी प्रदेश (पोखरा) मा समावेश गर्ने गरी भएको निर्णयविरुद्ध उनी कफन बाँधेर सम्झौताहिन आन्दोलनमा होमिएका थिए।

आन्दोलनबाट पछि नहटेपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उनलाई मन्त्री पदको लोभ देखाइएको थियो। तर उनले मन्त्री पदलाई समेत बेवास्ता गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको नेतृत्व गरे। संसदमा समेत अखण्ड लुम्बिनीको पक्षमा बुलन्द आवाज उठाएका उनले विधेयकविरुद्ध संसदमा संशोधन प्रस्तावसमेत दर्ता गरेका थिए। अखण्ड लुम्बिनी आन्दोलनको सफलतापछि हाल उनी सोही आन्दोलनको जगमा बनेको लुम्बिनी प्रदेशको नेपाली कांग्रेस सभापति हुन्।

नेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट उनी बहुमतका साथ लुम्बिनी कांग्रेसको प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। उनी २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री बने। सधैँ नेतृत्वको प्रतिपक्ष भूमिकामा रहने उनी नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।

सत्य र न्यायका पक्षपाती उनको सांगठनिक क्षमता र खटनपटनले रोल्पा कांग्रेस मात्र हैन समग्र लुम्बिनी कांग्रेसले समेत सांगठनिक उचाई हासिल गरेको छ। आवश्यकता र उपयुक्तताका आधारमा पार्टीमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने उनी पार्टीको सादगी र सरल नेता हुन्।

प्रकाशित मिति: : 2022-11-16 14:36:00

प्रतिकृया दिनुहोस्