दाङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार शंकर पोखरेलले मौन अवधि सुरु हुनुअघि घोराहीमा ‘रोड शो’ गरेका छन्।
बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनुअघि आफ्नो निर्वाचन क्षेत्र घोराही बजारमा ‘रोड शो’ गरेर मत मागेका छन्।
आज दिउँसो वडा नम्बर १४ र १५ मा र्यालीसहित रोड शो गरेका हुन्। रोड शो सभालाई सम्बोधन गर्दै पोखरेलले दाङमा साढे पाँच सय विघा जमिनमा औद्योगिक विकास गरिने बताए। यी क्षेत्रहरु स्थापना गरेर यहाँको बेरोजगारीलाई अन्त्य गरिने भनाइ राखे।
उनले प्रदेश राजधानी देउखुरीमा देशकै नुमना सहर बनाइने बताउँदै पाँच वर्षमा जनताको आम्दानी दोब्बर बनाइने, न्युनतम पारिश्रमिक २५ हजार पुर्याउने प्रतिबद्धता जनाए । घोराहीलाई शिक्षा र स्वास्थ्यको हब बनाउनेसमेत उनको भनाइ छ।