अथकले पूरा गरेका सात संकल्प

File Photo
File Photo

२०७४ सालमा पहिलो पटक सांसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए। जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन्।

आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पूरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन पूरा गर्न सफल भएका छन्।

पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तर्क्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो विस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा विद्युतीकरण गर्ने बाचा गरेका थिए।

त्यस्तै जिल्लाको समग्र विकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिँचाईको काम अगाडि बढाउनुका साथै पूर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पुर्याउने जस्ता संकल्प गरेका थिए। आफूले गरेका सबै संकल्प पूरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दीर्घकालीन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्र्याउन सफल भएका छन्।

निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तर्क्रिया गर्ने

पहिलो पटक निर्वाचति भइसकेपछि अथकले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग नियमित भेटघाट र अन्तर्क्रिया गर्ने संकल्प गरेका थिए। जनतासँग महिनामा कम्तिमा दुई पटक अनिवार्य अन्तक्रिया गर्ने र सोही आधारमा विकासका कामहरुलाई प्राथमिकता राख्दै आएका थिए।

जिल्लामा भएको समयमा कुनै न कुनै कार्यक्रम बनाएर प्राय दैनिकजसो उनी जनतासँग भेटघाट र अन्तर्क्रिया गरिरहन्थे। जिल्ला बाहिर अर्थात काठमाडाैँमा भएका समयमा समेत महिनामा २ पटक अनिवार्य जिल्ला आउने र अन्तर्क्रिया र छलफल गर्ने गरेका थिए।

अथकका अनुसार युवा तथा खेलकुद मन्त्री हुँदा जिल्ला आउने क्रम केही कम भएपनि सांसदको हैसियतमा रहँदा साप्ताहिक रुपमा जिल्लामा आउने र अन्तर्क्रिया गर्ने गरिएको थियो। सो संकल्पका कारण अथक नियमित जनतामा माझ छन् र लोकप्रियसमेत छन्। आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट पुनः उम्मेदवारी दिएका अथकले सर्वप्रिय विकासप्रेमी नेताको छविसमेत बनाएका छन्।

विद्यालय भवनबाट टिनका छाना विस्थापन अभियान

अथकले आफू निर्वाचित भएलगत्तै यस क्षेत्रका विद्यालयहरुबाट टिनको छाना विस्थापन गर्ने संकल्प गरेका थिए। सो अभियानमा पनि अथक सफल भएका छन्। उनको पहलमा यस क्षेत्रमा विभिन्न विद्यालयमा झण्डै २ सय पक्की कक्षा कोठाहरु निर्माण भएका छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको अधिकांश बजेट विद्यालय भवन निर्माणमा खर्चेका अथकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य कायक्रमबाट समेत विद्यालय भवन निर्माण र अन्य शैक्षिक सुधारमा जोड दिएका थिए।

शिक्षा क्षेत्रमा सुरु भएका सबै नयाँ र पूराना कार्यक्रमहरुको बजेट जिल्लामा पार्न उनी सफल भएका छन्। 'बजेटको आकार सानो ठुलो होला तर सबै कार्यक्रम मेरो निर्वाचन क्षेत्रमा चालु छन्', अथक भन्छन्। उनले विद्यालय भवनका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पनि प्राविधिक धार र कम्प्युटर ल्याव निर्माणमा समेत जोड दिएका थिए। यस संकल्पका कारण दिगो विकास गरी देशको शैक्षिक तथा आर्थिक समाजिक अवस्थामा परिर्वतन ल्याउन चाहेको अथकको भनाइ छ।

राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने

यस निर्वाचन क्षेत्रको समस्याहरु गहिरोसँग बुझेका अथकले अर्को महत्वकाक्षी संकल्प गरेका थिए, त्यो हो विकट स्थानका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने। उनले प्रगति हुन नसकेको हुलाकी सडकलाई पूर्णता दिन पहलकदमी लिएका थिए।

राप्ती सोनारीको मेहमानपुरदेखि अधैयासम्म जोड्ने थप हुलाकी सडक निर्माण गरे। नरैनापुरदेखि अगैया जोड्ने सडक निर्माण प्रक्रिया सुरु गरे। अगैयादेखि मध्य भाग हुँदै राझा र बर्दियाको बढैया तालसम्म पुग्ने सडकको निर्माण सुरु गरे।

यीबाहेक कोहलपुर, राप्ती सोनरी र नरैनापुरमा थुप्रै साना ठुला सडक आयोजनाहरु सुरु गरेर सडक सञ्जाललाई विस्तार गरेका छन्। सडक सञ्जालविहीन राप्ती सोनारी १ का २ स्थानमा झोलुङ्गे पुल र राप्ती सोनारीको मधुईमा पुल निर्माण गरेर उनले सो क्षेत्रमा सडक सञ्जाल विस्तार गरेका छन्। यस अभियानले अथक विकास प्रेमी र जनताको आवश्यकताअनुसारको विकास गरिनु पर्छ भन्ने सोच भएका नेता हुन् भन्ने कुरा प्रमाणित गरको छ।

विद्युतीकरणको अभियानलाई पूर्णता दिने

अथकले आफू निर्वाचित भएपछि राप्ती सोनारी गाउँपालिका वडा १, ३, ४, ५, ६, ७ वडामा विद्युतीकरण र नरैनापुर क्षेत्रमा विद्युतीकरणको कामलाई पूर्णता दिने संकल्प गरेका थिए। झण्डै ३० वर्षदेखि ठडिएका पोलहरुमा विद्युत विस्तार गर्ने उनको महत्वाकाक्षी योजनमा वन मन्त्रालय र ठेकेदार कम्पनी बाधक बनेका थिए।

उनको ठुलो कसरतपछि विद्युत विस्तारमा सहजता आयो र उनले संकल्प गरेअनुरुप हाल राप्ती सोनारी र नरैनापुर क्षेत्रमा विद्युतीकरणको काम करिब-करिब पुर्ण भएको छ। विद्युतीकरणपछि नरैनापुर र राप्तीसोनारी क्षेत्रमा कृषि उत्पादन बढ्नुका साथै लघु तथा घरेलु उद्योगको स्थानपा भई रोजगार सिर्जना हुने उनको बुझाइ छ। विद्युतीकरणका लागि सो क्षेत्रमा झण्डै ३० अर्व बजेट खर्च गरिएको छ।

बाँके जिल्लाको पहुँच सिंहदरबारसम्म पुर्याउने

सांसद निर्वाचति भएपछि उनले यस जिल्लाको सार्वजनिक सरोकारका विषय र विकासबारे नियमित सिंहदरबारलाई घच्घचाउन सुरु गरे। उनी नियमित संसदमा उपस्थित हुने र यस क्षेत्रका विषयलाई संसदमा राख्ने काम गरे। उनको सोही क्रियाशीलताका कारण उनी पहिलो पटक सांसद निर्वाचित भएको साढे तीन वर्षपछि मन्त्रीका रुपमा सपथ लिन सफल भए।

पहिलो पटक सांसदमा निर्वाचित हुनेलाई मन्त्री बन्ने बिरलै अवसर प्राप्त हुने गर्दछ। संसदमा निरन्तरको क्रियाशीलता र व्यक्तिगत क्षमताकै आधारमा उनी पहिलो कार्यकालमै युवा तथा खेलकुद मन्त्री बन्न सफल भए। जसका कारण बाँके जिल्लाको सिंहदरबारसम्म सिधा पहुँच स्थापित भयो। उनी खेलकुद मन्त्री रहँदा खेल क्षेत्रमा नितिगत सुधार र पूर्वाधार विकास गर्नुका साथै खेलाडीहरुको मनोवल बढाउन पुरस्कार तथा सम्मान गर्ने परम्पराको थालनी गरेका छन्।

जिल्लाको समग्र विकासको नेतृत्व लिने

अथक सांसदमा निर्वाचित भएसँगै जिल्लाको समग्र विकासको नेतृत्व लिनसमेत सफल भएका छन्। छोटो समय मन्त्री बनेका उनी अधिकांश समय मुद्धा मामलामा बिते पनि जिल्लाका लागि केही दुरगामी महत्वका योजनाहरु सुरुवात गर्न सफल भएका छन्। विभिन्न नियुक्तिका विषयलाई लिएर उनले सम्हालेको मन्त्रालय विरुद्ध २३ वटा मुद्धा परेका थिए।

नेपालगञ्ज विमानस्थलको स्तरउन्नति, सुख्खा बन्दरगाहा, कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडमी, राप्ती नदीको कटान तथा डुवान नियन्त्रणको गुरु योजना जस्ता ठुला तथा महत्वपूर्ण योजना निर्माणका कामहरु सुरु भएका छन्। यस्तै उनले नौवस्ता औधोगिक क्षेत्र निर्माणका लागि समेत पहलकदमी लिँदै आएका छन्।

सिक्टा नहर खेतसम्म पुर्याउने

नेपाली लगानीमै बनेको सिक्टा सिँचाई आयोजनामार्फत कृषकहरुको खेतसम्म पानी पुर्याउने उनको अर्को संकल्प थियो। तर केही प्राविधिक र अन्य समस्याका कारण सिक्टा सिँचाई आयोजनाबीचमै बन्द हुने हो कि भन्ने अवस्था सिर्जना भयो। खास गरी निर्माण सम्पन्न नहुँदै नहरको केही भाग भत्कनुले यसको निरन्तरमा ठुलो समस्या पैदा भएको थियो।

अथकको वसशेष पहलमा भत्किएको भाग मर्मत गरी पुनः सुचारु गराइयो। अहिले सिक्टाको मुल नहर निर्माणको काम करिब-करिब सम्पन्न भएको छ। अहिले शाखा र प्रशाखा नहर निर्माणको काम भइरहेको छ भने नरैनापुर र राप्ती सोनारीको केही भाग सिँचाई गर्न पूर्वी नहरको योजनासमेत सुरुवात गराउन अथक सफल भएका छन्। पूर्वी नहर निर्माण भएर केही स्थानमा सिँचाईको कामसमेत सुरुवात भइसकेको छ।

प्रकाशित मिति: : 2022-11-17 18:04:00

प्रतिकृया दिनुहोस्