बारामा मंसिर ४ गते हुने निर्वाचनकाे स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ।
बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो।
सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन्।
करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन्।
बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा राेक लगाइएकाे छ। तर, यसकाे उल्लघन गर्दै किसान र साेनलले शुक्रबार बिहान घरदैलाे कार्यक्रम गर्दै मत मागिरहेका छन्।
यसबारे खबर पाएकाे प्रहरीले आचारसहिताविपरीतका कार्य राेक्न बताएकाे छ। घरदैलाे कार्यक्रम भइरहेकाे जानकारी आएकाे बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए। इन्दिप कोइराला