बिएल संवाददाता
ओप्पो ब्रान्डको ‘ओप्पो ए वन प्रो’ स्मार्टफोन सार्वजनिक भएको छ। उक्त फोन ओप्पोको ए सिरिजको पहिलो प्रो मोडल हो।
१७१ ग्राम तौल भएकाे र दुईवटा सिम पनि राख्न सकिने कम्पनीले बताएको छ। यसमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्च डिस्प्ले उपलब्ध गराइएको छ।
१०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित उक्त फोनमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर र १६ मेगापिक्सेलको अगाडिको क्यामेरा रहेको छ।
यो मोडलमा ८ जीबी र १२ जीबी र्यामको भेरियन्टसँगै ६७ वाटको फास्ट चार्जिङसहितको ४,८०० एमएएचको ब्याट्री रहेको कम्पनीको भनाइ छ। याे फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डुअल स्टेरियो स्पिकर, माइक्रोएसडी कार्ड स्लट, कन्ट्याक्टलेस पेमेन्टको लागि एनएफसीलगायतका अन्य फिचरहरू पनि उपलब्ध छन्।
नेपाली बजारमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ३२ हजार ९०० रुपैयाँ, ८ जीबी र्यामसहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ३६,६०० रुपैयाँ र १२ जीबी र्यामसहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ४२,००० रुपैयाँ तोकिएको छ। यो फोन कालो, निले र ‘गोल्ड’ रङमा पाउन सकिन्छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया