बिएल संवाददाता
ओप्पो ब्रान्डको ‘ओप्पो ए वन प्रो’ स्मार्टफोन सार्वजनिक भएको छ। उक्त फोन ओप्पोको ए सिरिजको पहिलो प्रो मोडल हो।
१७१ ग्राम तौल भएकाे र दुईवटा सिम पनि राख्न सकिने कम्पनीले बताएको छ। यसमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्च डिस्प्ले उपलब्ध गराइएको छ।
१०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित उक्त फोनमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर र १६ मेगापिक्सेलको अगाडिको क्यामेरा रहेको छ।
यो मोडलमा ८ जीबी र १२ जीबी र्यामको भेरियन्टसँगै ६७ वाटको फास्ट चार्जिङसहितको ४,८०० एमएएचको ब्याट्री रहेको कम्पनीको भनाइ छ। याे फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डुअल स्टेरियो स्पिकर, माइक्रोएसडी कार्ड स्लट, कन्ट्याक्टलेस पेमेन्टको लागि एनएफसीलगायतका अन्य फिचरहरू पनि उपलब्ध छन्।
नेपाली बजारमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ३२ हजार ९०० रुपैयाँ, ८ जीबी र्यामसहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ३६,६०० रुपैयाँ र १२ जीबी र्यामसहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ४२,००० रुपैयाँ तोकिएको छ। यो फोन कालो, निले र ‘गोल्ड’ रङमा पाउन सकिन्छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया