भक्तपुर–२ मा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ६३ मतले अग्रता लिएका छन्।
मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताएका छन्।
त्यसैगरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौं स्थानमा छन्।