नुवाकोट–२ मा कांग्रेसको अग्रता

हाल नुवाकोट जिल्लाको क्षेत्र नंम्बर २काे मतगण्ना जारी छ। सर्वदलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो साढे १ बजेपछि मात्रै मतगणना सुरु भएको हो।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केशी, नेकपा एमालेबाट नारायण प्रसाद खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे लगायत प्रतिस्पर्धामा छन्।

पछिल्लो ४ः३० को मतगण्ना अनुसार नेपाली कांग्रेसले २३८,नेकपा एमालेले १३५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ मत प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2022-11-21 17:13:00

प्रतिकृया दिनुहोस्