काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा रहेका छन्।
पछिल्लो मतगणनाको परिणामअनुसार उनले ४८०१ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले ३३७८ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले २८८२ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ।
ती मध्ये छ सय ९९ मत बदर भएको छ। निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो। उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।