यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ।
स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ। स्थगित भएकामध्ये बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ। बाजुरामा मतदान भइसकेको कतिपय मतदानस्थलबारे विवाद जारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ।