दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरूले निरन्तर अग्रता कायम गरेका छन्। निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले सुरुआतीदेखि नै अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा छ हजार एक सय ७३ मत गणना हुँदा चौधरीले दुई हजार तीन सय १३ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेदवार शान्ता चौधरीले एक हजार पाँच सय ३३ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार दुई सय ८४ मत प्राप्त गरेका छन्।
यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा चार हजार सात सय ९३ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारूले दुई हजार एक सय ३३ मत ल्याएका छन् भने एमालेका गङ्गाराम भट्टराईले दुई हजार एक सय १९ मत ल्याएका छन्।
प्रदेशसभातर्फ १ (२) मा छ हजार छ सय २६ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले दुई हजार तीन सय ६९ मत प्राप्त गरेका छन्।
दाङ–२ मा १८ हजार तीन सय ८० मतगणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रकी रेखा शर्माले सात हजार पाँच सय १३ मत प्राप्त गरेकी छन्। उनलाई एमालेबाट उम्मेदवार रहेका पार्टीका महासचिव शङ्कर पोखरेलले पछ्याइरहेका छन्। पोखरेलले पाँच हजार नौ सय ३९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तीन हजार तीन मत प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र नं २ मा जम्मा ७९ हजार चार सय ५० मत खसेको थियो।
त्यस्तै प्रदेशसभातर्फ २ (१) मा १३ हजार ५५ मत गणना हुँदा कांग्रेसका उम्मेदवार राजु खनालले पाँच हजार नौ सय ८४ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन्। उनलाई पछ्याउँदै एमालेका उम्मेदवार बलिभद्र राना मगरले चार हजार नौ सय ३३ मत पाएका छन्।
क्षेत्र नं ३ मा गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका नेता दीपक गिरीले अग्रता लिएका छन्। गिरीले तीन हजार दुई सय ६५ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी उम्मेदवार कोमल वलीले दुई हजार दुई सय ५५ मत प्राप्त गरी पछ्याउँदै छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले एक हजार एक सय ५५ मत प्राप्त गरेका छन्।
त्यस्तै प्रदेशसभातर्फ ३ (१) मा कांग्रेसका डिल्ली चौधरीले चार हजार एक सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका घनश्याम पाण्डेले तीन हजार चार सय १७ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार हंसराज केसीले ६ सय ८१ मत प्राप्त गरेका छन्।