सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत–२ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्।

कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीका पक्षमा ३४ हजार ६ सय २५ आएको छ। 

उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीलाई ५ हजार ६७ मतान्तरले हराएका हुन्। 

एमाले नेता बीसीले २९ हजार ५५८ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2022-11-23 07:08:00

प्रतिकृया दिनुहोस्