डाेल्पामा निर्वाचन सकिएको चार दिनपछि सबै मतपेटिका सदरमुकाम पुग्याे !

हिमाली जिल्ला डाेल्पामा निर्वाचन सम्पन्न भएको ४ दिनपछि मात्र सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्‍याइएकाे छ।

बुधबार शे-फाेक्सुन्डाे गाउँपालिकाका पाँच  मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम दुनै झारेसँगै ६८ वटै मतदान केन्द्रका मतपेटिका आइपुगेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय डाेल्पाले जनाएको छ।

कर्णाली प्रदेशका अन्य जिल्लामा मतपेटिका संकलन गरेर पनि अन्तिम मतपरिणाम आइसक्दा डाेल्पामा ढिलागरिमात्र मतपेटिका झारिएकाे हाे।

भाैगाेलिक कठिनाइले हेलिकप्टरकाे भरपर्नुपर्ने बाध्यताले पनि मतपेटिका संकलनमा केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

मत गणनास्थल तयारी अवस्थामा रहेको सर्वदलीय बैठककाे तयारी भइरहेकाले आजसाझसम्म मतगणना सुरु हुने उनले बताए।
 

प्रकाशित मिति: : 2022-11-23 10:53:00

प्रतिकृया दिनुहोस्