झापा–१ बाट विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी

File photo
File photo

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन्।

नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्।

शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेका निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए। शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्। भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्।

प्रकाशित मिति: : 2022-11-23 18:00:00

प्रतिकृया दिनुहोस्